‘हत्या प्रहरीबाटै

 

जाजरकोट । भेरीमालिका नगरपालिका–४ की राधिका सुनारको हत्या प्रहरी हवल्दार कमल सुनारले गरेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत हवल्दार सुनारले गत माघ २१ गते घरदेखि २ किमि टाढा पासागाढ खोलामा बलात्कारपछि खुकुरी प्रहार गरी राधिकाको हत्या गरेका हुन् ।

सुनारलाई जिल्ला अदालत जाजरकोटका न्यायाधीश लीलाराज अधिकारीको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले हत्यामा संलग्न सुनारलाई सर्वस्वसहित आजीवन कारावासको माग गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका थिए । मृतकका पति दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन् । कमलले पति घरमा नभएको मौका छोपी राधिकालाई प्रेम जालमा पारेर यौन सम्बन्ध राख्दै आएको पनि अनुसन्धानबाट खुलेको छ ।
राधिकाले कमललाई विवाह गर्न बारम्बार दबाब दिएपछि हत्याको योजना बुनिएको अनुसन्धानमा उल्लेख छ । पति दलबहादुरले कमलसँगको अवैध सम्बन्ध थाहा पाएपछि राधिकालाई घरबाट निक्लन भन्दै बारम्बार कुटपिट गरेका थिए । विवाह गर्न दबाब आएपछि बिहे गर्नभन्दा मारिदिँदा उन्मुक्ति पाइने भन्दै हत्या गरेको पाइएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । ‘यो सबै विवरण मोबाइलको कल डिटेलबाट खुल्यो,’ उनले भने । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी हवल्दार सुनारले बयानका क्रममा अपराध स्विकारिसकेका छन् । राधिकाका ६ र ४ वर्षका दुई छोरा छन् ।
कान्तिपुरमा खवर छ ।





error: Content is protected !!