सामुदायिक विद्यालय सुधार्न पढाई मेला

हेमन्त के सी
जाजरकोट । यहाँका सामुदायिक विद्यालय सुधार्न पढाई मेलाको आयोजना गरिने भएको छ । जिल्लाका ४ सय ४४ भन्दा वढी विद्यालयका प्रतिनिधीको सहभागितामा पढाई मेला हुँन लागेको हो । फागुन २८ गते जिल्ला भरिका शिक्षक, अभिवावक, विद्यालय व्यवस्थापन समिति, शिक्षा विद्ध, अभिवावकको उपस्थिती रहने समेत रहने छ ।
घर समुदाय तथा विद्यालयमा पढाई संस्कार प्रर्वधन गर्ने र पढाई संस्कारको विकासले मात्र वालवालिकाको पढाई बानी निर्माण गरि उनीहरुको जग वलियो वनाउँन सकिन्छ भन्ने कार्यक्रममको उदेश्य रहेको छ । विशेष गरी गणीत र नेपाली विषय संग सम्वन्धित ११ वटा स्टल पढाई मेला मा अवलोकनका लागि राखिने छ । वालवालिकाले गणीत र नेपाली संग सम्वन्धित विभिन्न सिर्जनात्मक क्रियाकलापमा भाग लिने र सहभागी मध्य वाट छनोट गरि पुरुष्कृत समेत गरिने छ । पढाई मेलामा सस्तो तथा पैसा नपर्ने गणीत र नेपाली विषय संग सम्वन्धित शैक्षिक सामग्रीहरु समेत पर्दशनीमा राखिने आयोजकले वताएको छ । जिल्लाका सवै विद्यालयका शिक्षक र सवै स्रोत केन्द्रको पहलमा विद्यार्थीहरुको घर, घरमा पढाई कुना निर्माण गरी वढ्ने वातावरणको निर्माण गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो ।
विद्यालयमा नियमित नआउँने , घरमा गएर पनि पढाई भन्दा घरकै काममा समय खर्चनु पर्ने वालवालिकाको वाध्यतालाई छुटाई पाई कुनमा पढ्ने वातारण सिर्जना गरिएको सिंहले वताउनुभयो । विग्रदो शैक्षिक अवस्थालाई जाजरकोट आए लगत्तै शैक्षिक सुधार वर्ष घोषण गरी काममा खटिएको जिल्ला शिक्षा कार्यालयले अहिले गयल शिक्षक वाट नै रकम उठाएर विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । राजनीतिमा लागेका करिव ४४ जना शिक्षकलाई राजिनामा दिन वाध्य पारेको जिल्ला शिक्षा कार्यालयले वताएको छ । शैक्षिक सुधारमा यूरोपियन यूनियानको आर्थिक सहयोग जिल्ला शिक्षा कार्यालयको समन्वय भिएस औ तथा आसमान नेपालले संयूक्त रुपमा काम गदै आएका छन् ।
शैक्षिक सुधार गर्नका लागि सुरुमा अभिवावक र शिक्षक आत्म देखि परिवर्तन हुँन जरुरी रहेको आसमान नेपालका नेत्रलाल सुनारले वताउनुभयो ।
हेमन्त के सी रासस





error: Content is protected !!