रिपोर्टरको डायरी , सुरक्षा घेरबीच यसरी भयो सप्तरीमा ‘रक्तपात’

 

रिपोर्टरको डायरी तीन सुरक्षा घेरबीच यसरी भयो सप्तरीमा ‘रक्तपात’
कृष्ण गिरी सप्तरीबाट फर्केपछि ।

नेकपा एमालेको मेची–महाकाली अभियानको तेस्रो दिन पहिलो कार्यक्रम सुनसरीको इनरुवामा थियो । निर्धारित समयभन्दा कार्यक्रम ढिला सुरु भयो । २२ गते दिउँसोबाट नै एमालेले कालो झण्डा र अध्यक्ष ओली विरोधी र छिटफुठ नाराको सामना गर्नु पर्यो ।

इनरुवामा ओली पूरा मधेशी पोसाकमा मञ्चमा देखिए । उनीबाहेक अन्य नेताहरु भने सामान्य नियमित पोसाकमै थिए । इनरुवामा ठूला नेताहरुले कोही बोलेनन् । भगवती चौधरी र लालबाबु पण्डितले सभालाई सम्बोधन गरे ।

चौधरी एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन् भने पण्डित पोलिटब्युरो सदस्य । पण्डितले मोर्चाका नेताहरुलाई ‘आङ्तक मच्चाउने भए चम्बलको घाँटी’ जान भने । यो बुद्धको देश हो । यहाँ शान्ति चाहिन्छ । उनले ‘बमगोलाको राजनीति गर्ने भए चम्बलको घाँटी जाऊ’ भने । चम्बलको घाँटी भारतको मध्य प्रदेशमा पर्छ । जहाँ भारतमा केही गुण्डा समूहहरुले यही घाँटीमा बसेर असुली र अपहरणको धन्दा चलाएका थिए । अर्को यो घाँटीमा बसेर फुलन देवीले ठाकुरका विरुद्ध लडेकी थिइन् । तिनै फुलन देवी पछि यूपीबाट सांसद भएक थिइन् । कुनै समयमा भारतमा चम्बलको घाँटीमा आतङ्क नै थियो ।

पण्डितले त्यस्तो भनिरहँदा मोर्चाका कार्यकर्ता र पूर्व राज्यमन्त्री सविताकुमारी यादवले अभियानको गाडीमाथि चप्पल प्रहार गरेकी थिइन् । उनलाई प्रहरीले सडकबाट लखेट्न खोज्दा पनि पटक पटक सडकमा ओलीविरुद्ध नारा लगाइरहेकी थिइन् ।

कार्यक्रम छापामार शैलीमा सकेर एमालेको र्याली सुनसरीबाट सप्तरीको लागि हिँडेपछि मोर्चाका कार्यकर्ताले एउटा गाडीमा ढुङ्गा हानेका थिए । यो घटनालाई एमाले नेता तथा कार्यकर्ताले गम्भीर रुपमा लिएको देखिएन ।

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई भने शान्ति सुरक्षा कायम गर्न धेरै कठिन भएको देखिन्थ्यो । कोशी ब्यारेजको पुल तरेपछि सुरक्षा निकायले सबैलाई रोकेर एक साथ पठाएको थियो । बीचबीचमा स्कर्टिङका गाडीहरु थिए ।

र्याली कार्यक्रम स्थलमा पुग्दा औद्योगिक क्षेत्र भने पूरा सुरक्षाकर्मीले घेरिएको थियो । कार्यक्रमस्थल तीन तहको सुरक्षा घेरामा थियो । पहिलो घेरा प्रदर्शनकारीलाई रोक्न खेतमा थियो । दोस्रो घेरा सशस्त्र प्रहरीबल र नेपाल प्रहरीको थियो, सडकमा र तेस्रो घेरा औद्योगिक क्षेत्रको कम्पाउन्डमा प्रहरीको ।

कोशी तरेपछि र्यालीले सप्तरीको भारदह पुग्दा एमालेले सोचेजस्ता अवस्था पाएन । केही मोर्चाका कार्यकर्ताले कालो झण्डा देखाए, त्यो पनि प्रहरीको सुरक्षा घेरामा रहेर । यसबाट एमाले नेता कार्यकर्ताहरुको मनोबल बढ्यो । भारदह त्यस्तो ठाउँ हो जहाँ मधेश आन्दोलनको क्रममा ५ जनाको ज्यान गएको थियो । आन्दोेलनपछि अरु ठाउँ खुल्दा पनि बन्द रहेको थियो । त्यही ठाउँमा मोर्चाका कार्यकर्ताको उपस्थिति कमजोर देखेपछि एमाले कार्यकर्ताले हल्का रुपमा लिए ।

कञ्चनपुर जहाँ बेलुका कार्यक्रम हुने तय गरेको थियो । त्यो ठाउँमा पनि मोर्चाका कार्यकर्ता सीमित मात्रामा देखिए । कार्यक्रम स्थल बसबिट्टी गाविसको गजेन्द्रनायारण सिंह औद्योगिक क्षेत्रमा र्याली पुग्दा साँझको करिबकरिब पौने चार बजेको थियो । र्यालीले कहीँ समर्थन त कहीँ विरोधको सामान गर्दै आएको थियो । सुरक्षाका कारण मोर्चा र एमाले कार्यकर्ताबीच मुडभेड भने हुन पाएन ।

बिहानदेखि सुरु भएको लाठी जुलुस र चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग ठप्न नै थियो । कञ्चनपुर, रुपनी, भारदह र राजविराजमा भने लाठी जुलुस, टायर बालेर सडक अवरुद्ध गर्ने काम भए । सुरक्षाका कारण राजविराज भएर कार्यक्रम स्थल औद्योगिक क्षेत्र आउने रुट नै परिवर्तन गरेर र्याली भारदह, कञ्चनपुर र रुपनी हँुदै औद्यागिक क्षेत्रमा पुग्यो । जब कि पहिलाको रुटमा भारदह, हनुमाननगर राजविराज हुँदै कार्यक्रम स्थलमा पुग्ने थियो ।
र्याली कार्यक्रम स्थलमा पुग्दा औद्योगिक क्षेत्र भने पूरा सुरक्षाकर्मीले घेरिएको थियो । कार्यक्रमस्थल तीन तहको सुरक्षा घेरामा थियो । पहिलो घेरा प्रदर्शनकारीलाई रोक्न खेतमा थियो । दोस्रो घेरा सशस्त्र प्रहरीबल र नेपाल प्रहरीको थियो, सडकमा र तेस्रो घेरा औद्योगिक क्षेत्रको कम्पाउन्डमा प्रहरीको ।

जब ओली बोल्न थाले तब बाहिरतिर प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्न थाले । ओलीको बोली जति मोर्चाका नेताहरुप्रति ओक्रोशित भए । त्यही रफ्तारमा बाहिर मोर्चाका कार्यकर्ता उग्र हुनथाले ।

कार्यक्रम छिटो छरितो भइरहेको थियो । र्याली पुग्नुभन्दा पहिला केही नेताहरुले बोलेका थिए । सबै नेताहरु पुगेपछि लालबाबु यादवले मैथलीमा भाषण गरे । उनले छोटो भाषण गरे । उनीपछि एमाले नेता माधवकुमार नेपाल बोले । उनले पनि मैथलीमा भाषण गरे । उनको भाषणबाट एमाले कार्यक्रर्ता हौसिए । ताली बजिरहे सयम सयमा । उनले एमाले विकासको पक्षमा, समृद्धिको पक्षमा रहेको । केपी ओलीको सरकारले मधेशमा बजेट बढी दिएको बताए । कमिज सुरवालमा आएका ओलीको प्रशंसा गरे । उनले मोर्चाको र अन्य दलको राजनीतिक विरोध गरे । आफ्नो पार्टी बाहेक कसैले देशको विकास गर्न नसक्ने बताए ।

नेपाल बोलेपछि झापामा बसेको स्थायी समितिले भरखरै केन्द्रीय सदस्यमा मनोनित गरेका सत्यनायारण मण्डल बोले । उनको भाषण पनि मधेश केन्द्रित थियो । उनी बोल्दा बोल्दै उद्घोषक गएर ओलीसँग केही कुरा गरे ।

उनले एमाले अध्यक्ष ओलीलाई बोल्न आग्रह गरेका रहेछन् । एमाले उच्च स्रोतका अनुसार पहिला नै कुन नेता कहाँ बोल्ने छुट्याइएको थियो । सप्तरीमा नेपाल, यादव र मण्डल बोल्ने कार्यक्रम तय भएको भए पनि ओली बोल्ने कार्यक्रम कार्यक्रम स्थलमा नै तय भएको एमालेका एक नेता बताउँछन् ।

कार्यक्रम स्थल बाहिर मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच पहिलादेखि नै ढुङ्गा हानाहान भइरहेको थियो । खेततिर छरिएर रहेका मोर्चाका कार्यकर्ता कार्यक्रम स्थलबाट टाढा भए पनि राजविराज रुपनी सडक खण्डमा भने औद्योगिक क्षेत्रको कम्पाउन्ड नजिक नै प्रहरीसँग सामान्य मुठभेड भइरहेको थियो ।

खेत र घरमा लुकेर बसेका मोर्चाका कार्यकर्ताहरु प्रहरीलाई ढुङ्गा हानिरहेका थिए । जवाफमा प्रहरीले पनि ढुङ्गा हानिरहेका थिए । प्रहरी मोर्चा कार्यकर्ताहरुबीच लुकामारीजस्तै चलिरहेको प्रत्यक्ष देखिएको थियो ।
जब ओली बोल्न थाले तब बाहिरतिर प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्न थाले । ओलीको बोली जति मोर्चाका नेताहरुप्रति ओक्रोशित भए । त्यही रफ्तारमा बाहिर मोर्चाका कार्यकर्ता उग्र हुनथाले । उनले मोर्चाका नेताहरुलाई बिचौलिया र आफू सच्चा मधेशको विकास चाहने बताए । आफ्नो पार्टी मधेशमा पाहुना होइन रैथाने भएको बताए । ‘यो पार्टी कसैले यहाँ आ यहाँ जा भन्दैमा नआउने’ बताए ।

उनले कालो झण्डा होइन, सूर्य भएको र रातो झण्डा बोक्न आऊ भने । ढुङ्गा हान्न सिकाउने पार्टीमा होइन, विकास सिकाउने पार्टीमा लाग्न भने ।

यो सयमसम्म बाहिर केही न केही गडबड भएको सङ्केत भित्र पनि आउन थालेका थिए । प्रहरीले भित्र भएका प्रहरीलाई बोलाएरु बाहिर लग्यो । ओली बोली रहँदा बाहिर गढबढ भएको एमाले नेताहरुलाई पनि थाह भयो ।

ओली बोलिरहदा योगेश भट्राई गएर ओलीको पछाडि उभिए । उनी पटक पटक मञ्चबाहिर र ओलीको अनुहार हेर्न थाले । उनले बिस्तारै ओलीलाई भाषण छोट्याउन भने । ओलीले पनि कुनै भूमिका नबाँधेर भाषण सके ।

एमालेले पूर्वनिर्धारित कार्यक्रम अनुसार कार्यक्रम गरेको भए सप्तरीमा यति ठूलो घटना हुने थिएन कि रु

माधव नेपाल बोलिरहँदासम्म यस्तो घटना भएको थिएन । नेपाल बोल्नेबित्तिकै सभा विर्सजन गरेको भए हिजो ती नागरिकले ज्यान गुमाउनु पर्दैन थियो होला । किन बोल्न कर गरियो ओलीलाई रु किन बोल्दिन भनेन् ओलीले ।

आफूले निर्धारित गरेको कार्यक्रमको सेड्युल किन मिचे एमाले अध्यक्षले रु कार्यक्रम छिटो सकेका भए यस्तो दुखद् घटना हुँदैन थियो । झापाबाट कार्यक्रम उद्घाटन गरेका ओलीले झापाका अन्य ठाउँमा पनि सम्बोधन गरेका थिए ।

सुरसरीको इनरुवामा त मोर्चाका कार्यकर्ताले एमालेका झण्डा भएका ठाउँमा नै काला झण्डा बाधेका थिए । तर इनरुवादेखि सुरु भएको विरोध प्रदर्शनमा नारा जुलुसमा एमाले पार्टीभन्दा पनि ओलीकाविरुद्ध बढी नाराबाजी भएका थिए ।

त्यो क्रम भारदह, कञ्चनपुर रुपनीमा सकड छेउमा उभिएर कालोझण्डा देखाउनेले पनि ओलीकाविरुद्ध नारा लगाएका थिए । यसबाट के बुझ्न सकिन्छ भने मधेशी मोर्चाका कार्यकर्ता एमाले भन्दा पनि ओली विरोधी बढी छन् । ओलीका कारण नै मधेशमा भएको आन्दोलनका कारण ज्यान गुमाएको उनीहरुको बुझाइ देखियो । मधेशी मोर्चाले राखेकोे संविधानको संशोधन प्रस्ताव संसदमा फेल हुने आम धारणा व्याप्त छ ।

लोकतन्त्रमा विरोधका पनि आफ्नो तरिका हुन्छ । तर मोर्चाले त्यो नमानेको देखियो । सामान्य विरोधमा पनि लाठी जुलुस आगजनी ढुङ्गामुडा गर्नु राम्रो होइन । आखिरमा जो मरे पनि नेपाली नै मर्ने हुन्, तल्लो वर्गका मान्छे नै मार्ने हुन् । चाहे मोर्चाका कार्यकर्ता हुन्, चाहे प्रहरी या एमालेका कार्यकर्ता ।

यसको ध्यान एमाले नेताहरुले नगर्नु ठूलो गल्ती हो । प्रजातन्त्रमा, लोकतन्त्रमा सबै राजनीतिक दलहरुले आआफ्ना विचार जनतमा राख्न पाइन्छ, राख्नुपर्छ । यसको विरोध हुनु हँुदैन । तर कुनै समयमा यो विचार लागू गर्नुभन्दा पछाडि हट्नु बढी बुद्धिमानी हुन्छ ।

तर एमालेमा भएको राष्ट्रवादको दम्भले पनि यसमा काम गरेको छ । मधेशमा सुरक्षा चुनौती हुँदाहुँदै मुडेबलमा अभियान चलाएर सभा गर्नु बुद्धिमता होइन । उता मोर्चाका नेतहरु आफू राजधानीमा बसेर कार्यकर्ताहरुलाई मुडभेडका लागि सडकमा उतार्नु पनि राम्रो होइन ।

लोकतन्त्रमा विरोधका पनि आफ्नो तरिका हुन्छ । तर मोर्चाले त्यो नमानेको देखियो । सामान्य विरोधमा पनि लाठी जुलुस आगजनी ढुङ्गामुडा गर्नु राम्रो होइन । आखिरमा जो मर ेपनि नेपाली नै मर्ने हुन्, तल्लो वर्गका मान्छे नै मार्ने हुन् । चाहे मोर्चाका कार्यकर्ता हुन्, चाहे प्रहरी या एमालेका कार्यकर्ता ।
अहिले एमालेका नेताहरु घटना दुखद् भएको बताइरहेका छन् । अब त्यो घटनाप्रति जति आँसु झारे पनि मर्नेहरुका आफन्त र मधेशका जनताबीच जस्तो छवि बने पनि त्यो नकारात्मक हुने देखिन्छ ।

एमालेले बुद्धि पुर्याएर काँकडभिट्टामा नै एमाले सरकारकामा हुँदा केही गल्ती भए माफी मागेको भए सबैभन्दा ठूलो त्याग र बुद्धिमता देखिन्थ्यो । तर एमालेका कुनै पनि नेतामा त्यो देखिएन ।

उनीहरुले सभामा आएका आफ्ना कार्यकर्ताहरुलाई नै सम्पूर्ण जनता सम्झने गल्ती गरे । एक पटक क्षमा मागेको भए सायद एमालेको नैतिक विजय हुन्थ्यो । तर उसको यो घमण्डले उसको मधेश मिसन पनि असफल भएको छ भने अनाहकमा चारजनाले ज्यान गुमाउनु पर्यो ।

मेची महाकाली अभियान जुन हौसलाका साथ सुरु भएको थियो, त्यो खुसी र हौसला तीन दिन पनि टिकेन । सप्तरीको घटनापछि एमालेका नेता कार्यकर्ताहरुको पनि मनोदशा गिरेको छ ।

अहिले एमाले सप्तरी घटनामा आफ्नो कुनै संलग्नता नभएको भनिरहेको छ । हो, उसको प्रत्यक्ष संलग्नता छैन । न त उसले र उसका कार्यकर्ताहरुले गोली नै चलाएका हुन्, नत गोली चलाउन आदेश दिए । तर यतिकै पन्छिन पनि मिल्दैन । एमाले जिम्मेवारीबाट भाग्नु हुँदैन ।

योभन्दा वीभत्स हत्याकाण्ड रौतहटको गौरमा २०६३ साल चैत ७ भएको थियो । त्यो समयमा माओवादीका कार्यकर्ताको हत्या हुँदा सबैले माओवादीलाई नै दोषी देखेका थिए । अहिले पनि त्यही घटनाको पुनरावृत्ति हुन सक्थ्यो । तर भएन तर आफूले गर्दा सही र अरुले गर्दा गलत हुने भन्ने हुँदैन । यसकारण यो घटनाबाट एमालेले पनि शिक्षा लिनुपर्छ





error: Content is protected !!