झोलामा अल्झीएका एकथान सपनाहरु

भौतिक मल्ल
ताजा बनेर जिन्दगीलाई फन्को मारीरहेका छन । आमा बुवाले आफना सन्तानका लागि कति सम्मा त्याग गर्दा रहेछन । अनुभुतिको तिब्र जंघारमा उभिएको छु । सेनिगाडका पानी जस्तै अबिरल बगिरहेका उमेरका बसन्तहरुले बालकलाइ युवा अबस्थामा परिणत गरीसकेको छ जिन्दगी खन्जडमा उन्मुख हुर्दैछ । जिवनको कालान्तरमा आइपुग्दा आफना एकहुल सपनाहरु सित लुकामारी गरीरहेको छु । थाह छैन आमाले उपमा दिएको जिवनको बदला आमाको खुशी साटन सकेँ या सकिन । आमाको टालो हालेको चोली र धुजा धुजा परेको गुन्यु फेर्न सकेँ सकिन । थप्रै प्रश्नहरु सामु शालीक जस्तै उभिएको छु । बेला बेला छोराले भन्ने गरेपनि बास्तविक्तामा आज सस्तो झोला किनीदिने अबसर मिलेको छ मेरो सन्तानलाई । अस्पतालबाट फर्कदै गर्दा बाटोमा उसको इच्छानुसार एउटा सानो र सस्तो सस्तो झोला किन्दीएको छु । र झोलामा एउटा सानो खेलौन पनि राखीदिएको छु । आज त्यो झेलाको कारणले गर्दा छोराका हुलकाहुल निन्द्रा भोक र सम्पुर्ण कुरा एक एक हरण भएका छन । संधै जसो फुसर्दको समयमा आँखा रातो हुन्जेल हेरीने उसको मोटु पत्लु पनि हराएको छ । उसका साथीहरु पनि हराएका छन । उसको साथ नछोडने भुरुगं,चंगी र गुलेली पनि हातमा छैनन् । उसलाई सम्पुर्ण थोक पुगे जस्तै भएको छ । कुनैबेला म पनि यस्तै गर्थे बाबाले नयाँ जाँग्या र कमिज किनेर ल्याइदिएको दिन संसारमा आफु जस्तो खुशी कोही नभएको कल्पना गर्दै रात भर निन्द्रा नै लाग्थेन । सायद त्यस्तै भएको हुनुपर्छ मेरो ममितलाई झोला बोकी सकि बाहीर सकी भित्र गरीरहेको छ । घरी उता घरी यता गरीरहेको छ । सँधै जसो खाएर नअघाउने मेरो छोरा आज टन्न छ । मानौँ उसलाई जिवनको सबैभन्दा ठुलो खुशी हात परेको छ । यस्तो लागिरहेछ झोला हैन छोरालाई एकथान सपनाहरु पोको पो किनिदिएको रहेछु । छोरो जन्मीसकेपछि छोराको इच्छामा किनीदिएको यो सायद पहिलो पटक हुनुपर्छ । टाढा हुँदा बाबालाई संसारै किनेर ल्याउनु भन्ने छोरा नजिक बाबाको शरीर उभिएको देखेपछि सबथोक र्बिसन्थ्यो । बाबाको जिन्दगी चैतमासको रुख जस्तै भएको के थाह उसलाई पात झरेर खग्रंग बनेको खन्जड रुखको ब्यथा के थाह उसलाई न दाउरा न सितल छहारीको काम गर्छ । हरीयाली भन्ने कुराले लात हानेर गएका बाबाको भोगाइ र नियती प्रति अज्ञान हुनु छोराको के दोष दोष त त्यो थियो । छोराले झोला बोकुन्जेल किन्न नसक्ने बाबाको बास्तविक्ता देखी खडेरी र सुखा मरुभुमी जस्तै अनुभुतीको संगालो बनेका बाबाको नियती प्रति उसको के ध्यान हुनु ।
सम्पुर्ण पातहरु झरीसकेको एउटा बुढो रुख जस्तै ठिरिंग उभिएको दृश्यलाई सोच्दो हो यो लटरम्मा फलेको बृक्ष हो । यसोत सन्तानका लागि हरेक आमाबाबा लटरम्मा फलेको फल नै हुन ।
रातीको करिब साढे एक बजेको हुँदो हो । टेबुलमा रहेको मोबाइलको रिंगटोनले नराम्रै गरी कानमा बजारो प्राय रात्री कल नउठाउने म केहि बेर सोचमग्न बनेँ सोचे कस्ले झयाउ गर्यो यार भो नउठाउ कस्को फोन हो । अनाबश्यक राती राती फोन गरेर डिस्र्टव गछर्न यार । फोन आको पनि सपना जस्तै लागिरहेको थियो । लामै रिगंटोन बजे पछि अर्धनिन्द्रामै फोन उठाए नंबर नहेरेरै हेलो भन्न भ्याएकै थियन मनुले भनिन छोरो ममति बेहोस भयो । बेडमा भाइ सुर्यकिरण सुतीरहेका थिए । म भन्दा उनि पो छिटो ब्युझीयका रहेछन सायद रिंगटोनको कमाल हुनुपर्छ । दाइ साथीहरुलाई फोन गरेर अस्पताल लिने भन्नुस सुर्यको मोह थियो । सपना जस्तै ठानेको मलाई पत्याउन गारो भयो । फेरी रिडायल गरे मनु सुँक्क सुँक्क गरीरहेकी थिइन । सोचँे सत्य रैछ । जब समास्याहरुको पहाड अगाडी ठिरिंग उठछ मान्छे बिल्कुल रित्तो बन्छ रित्तो सम्पुर्ण कुराहरु हराए । बिकल्प बिहिन केहीक्षण चुपचाप बसेँ । र फेरी फोन गरेर भने आतिनु हुन्न केहि नआतेउ बिस्तारै ठिक हुन्छ । अलि बेशी ज्वरो आएर होला पानी पटी गरन । प्राथामीक उपचार गर हतासीयर समास्या सामाधान हुँदैन । समास्याको सामाधान सोचेर हुन्छ । सम्झाउनु खोजे मनु अलि बडी आतिन्छीन । उनको ब्यक्तीगत स्वभाव नै आतिने प्रकृतिको छ । यसमा जानकार म एक छिन नहडबडाएर कुरा गरेँ । सन्तान प्रतिको बाउ आमाको मायाको आयतानको सिमा नै नहुने रैछ । यसो त हरेक आमा बाउका एक मात्र सपना भनेका सन्तान हुन्छन । भित्रै भित्रै मनले सिमा नाघेको छ । यदी कुनै बेला परेको संकटमा आफुभन्दा ठुला अविभाबकहरु कोही नहोस र सम्झाउन सक्ने बातावरण नहोस त पबिेश कस्तो हुन्छ । त्यस्तै भएको छ । पर सुतेका भाइ सुदिप र प्रकाश पनि ब्युझीसकेका छन । रातको निशाचर समय मनुको छोरा ममित बेहोस शब्दले फन्को मारीरहेको छ । दिमागमा योजनाका अँक गणितहरु नाच्न थालेका छन । भाइहरुको एकोहोर कुनै कुरा सुनेको छैन । सुनेपनि कानले सुन्न मानीरहेका छैनन । अब बिकल्पको बिकल्प पनि थिएन र साथीहरुको सहयोगको खोजीमा भौतारीएँ घर नजिकै केही साथीहरु थिए । यसोत घरको केही दुरी नजिकै केहि हितैषी मानीने प्रियजनहरु पनि थिए । सोचेँ अब अप्ठेरोमा सम्झने न हो साथीहरुलाई भन्ठानेर साथीहरुलाई फोन डायल गरेँ करीब आठ नौ पटक फोन डायल गरेँ उठेन म्यासेज गरेँ अँह केहि लागेन । सोचेँ साथीहरु निन्द्रामा होलान बिचरा के उठाउन । मैले यति गर्दा गर्दै मनुले छोरालाई अस्पताल पुर्याएर भर्न गरी सकीछन । त्यसपछि निदाउने अबसन बाकी रहेन । मनमा खुल्दुलीहरुको बाडी उर्लेर आउन थालेँ मनलाई शान्त बनाउन फेसबुक अन गरेँ र एउटा स्टाटस पोष्टीदिएँँ । साथीहरुको हार्दिकताको आभारी रहेँ ।
मलेशीयाबाट बिबश जीले एकाबिहानै फोन गरेर यदी कुनै प्रकारको आर्थीक अप्ठेरो परे भन्नुहोला भनेर मात्र भन्दा खुशीले आखा रसाएका थिए । मलाई थाह छैन आँखा किन रसाए । अप्ठेरोमा साथीहरुको सामान्य शब्दले पनि कति प्रभाव पार्दा रहेछन भन्ने कुराको ज्वलन्त उदारहण टाढा खोज्न परेन । र केही साथीहरुले मेसेन्जरमा समेत हार्दीकता जनाउनु भयो । उहाँ प्रति कृतज्ञ रहेँ मनमनै स्यालुट गरे । साथीहरुको अपार मायाले छाती गर्बिलो बन्यो । ढुक्क बने रात बित्यो र बिहान भयो । अफिस गएँ मन अशान्त थियो । बेचैन बेचैन थियो । स्थीती तनाबग्रस्त बनेको थियो जब मान्छेलाई कुनै कुराले मनलाई अशान्त बनाउछ । अरुले गरेका राम्रा कुरा पनि नराम्रा लाग्न थाल्दारहेछन त्यस्तै बनेको थियो मनस्थीती । त्यस्तै अस्थीर मनस्थीतीमा अफिस पुगेको थिएँ काम गर्ने इच्छा शक्ती हनन भैसकेको थियो । समाचार प्रमुख दाजु कृष्ण मल्लले स्टाटस हेरीसक्नु भएको रहेछ । दाजुले बाबुलाई गारो छ भने घर जाउ या यतै बोलाउ साथमा हामी छौँ चिन्ता नगर भन्दा छातीको चौडाइ नाप्नै सकेको थिइन । दाजुले सन्तान भन्दा ठुलो केहि हुँदैनन भनेर भन्दा कसम दाजु प्रतिको हार्दीकताले छाती फुक्क फुलेको थियो । तातो तावामा मकैको खाजा फुके सरीे । त्यस्तै आदरणीय सोम थापा र राम प्रसाद धिताल सरले जनाएको हार्दीकता र टेलिभिजनका केहि साथीहरुले देखाएको सदभावले मनलाई हलुंगो बनाएको थियो । मनलाई शान्त बनाउने आधारहरु बनेका थिए साथीहरुका बचनहरु । दुख र आपतको बेला मान्छेले बोली बचनको सहयोगले पनि कति मन हलुंगो बन्दो रहेछ । भन्ने कुराको जिबन्त प्रमाण बनेको छु । साना साना कुराले पनि मन दुखाउने नारी स्वभाव भएको ठान्छुृ आफुलाई । घर जाने तयारीमा थिएँ तर गोजीमा सुक्को थिएन । कुरो उहि साथमा एउटा पुरानो ल्यापटप बाहेक अरु थिएन । अब सम्पतीको नाममा एउटा रितो झोला र ल्यापटप बाहेक अरु थिएन अन्तिम अबस्थामा त्यही झोलामा रहेको ल्यापटप बेचेर छोराको उपचार गर्ने मनशायमा पुगेँ ।जिवनका थुप्रै समास्याहरु यसरी नै टरेका छन । जिवनका धेरै घटनाक्रमहरुको संगालो थियो ल्यापटप जसमा जिवनका नानाभाँती सपनाहरु साँचेको छु । दुख सुख जस्तोसुकै परिबेशमा पनि ल्यापटपमै झुन्डीने बानी परेको मेरा लागि आमा बुवा भन्दा कम थिएन । अरु केहि कमाउन नसकेपनि केहि थान अनुभुतीहरु सजाएको थिए ल्यापटपमा । साँचेको थिएँ अनेक अनेक जिवन जिउने बहानाहरु ।
जिवनका जस्तासुकै अप्ठयारा तारेभिरहरुमा पनि नगुमाउने बाचामा ऋण गरेर किनेको थिएँ । अब छोरालाई बचाउनका लागि बेच्नु छ सपनाहरुको दराज प्रिय ल्यापटप । कुनै अप्ठयाराहरु पनि नगुमाउने सर्तमा एउटा झोला पनि छ । सायद झोला सकेन्ड हेन्ड कसैले किन्थे भने समास्यामा त्यो पनि बेच्न पछि नपर्थे होला । झोला अचेल घर जस्तै लाग्न थालेको छ । अब ल्यापटब बेच्नुको बिकल्प थिएन । नत्र आर्थीक अप्ठेरो सामाधानको कुनै बिकल्प पनि त थिएन । यदि ल्यापटप बेचियो भने रित्तो खन्जर जस्तै लाग्ने छ । यो झोला पनि जस्तो जिन्दगी रित्तिएको छ अब त्यस्तै गरी रित्तिने पक्का छ । मिडियाको सानो जागीरले के हुन्छ यार अहिलेको महंगीमा कोठा भाडा तिर्न र खर्चपर्चमा ठिक्कै हुन्छ । एकजना साथीलाई कवाड मूल्यमा ल्यापटप बेचेर रित्तो झोला सहित लागेँ नेपालगन्ज तिर । सोचेँ जे गरीरहेको छु सन्तानका लागि गरीरहेको छु । जे भोग्दै छु सन्तानकै लागि भोग्दै छु । अबको उप्रान्त सन्तान भन्दा ठुलो जिवनमा अरु केहि हुनै सक्दैनन ।



