जाजरकोटमा बालबिबाहले पाठेघरका बिरामी महिलाहरु संख्या धेरै

जाजरकोट । जिल्लाको एकगाउँमा सञ्चालन गरिएको महिलामैत्री स्वास्थ्य शिवीरमा विभिन्न रोग सम्बन्धिका विरामी महिलाहरुको संख्या धेरै देखिएको छ । शिवीरमा स्वास्थ्य जाँच गराउने महिलाहरुमा बिभिन्न रोगका बिरामीहरुको संख्या बढी देखिएको हो ।

गत माघ २२ गते स्वस्थ्य चौकी लहँमा सञ्चालन गरिएको निशुल्क स्वास्थ्य शिबीरवाट सेवा लिएका महिलाहरुको ठुलो संख्यामा बिभिन्न रोग सम्बन्धिका बिरामी महिलाहरुको संख्या धेरै देखिएको शिवीरमा सहभागी चिकित्सक डा. जानुका गैरेले जानकारी दिईन । शिवीरमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, ईमिग्यास्टिक, महिनावारी नहुने जस्ता विरामी महिलाहरुको संख्या धेरै भेटियो डा. गैरेले भनिन्–“यो डरलाग्दो अबस्था हो, यस्तो अबस्था अहिले सम्म अन्य ठाउँमा देखिएको छैन ।”
जनचेतना अभावका कारण गरिने बालबिबाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा गरेको डा. जानुका गैरेको भनाई रहेको छ । गरिबीका कारण गर्भवती तथा सुत्केरी अबस्थामा गह्रौ भारी बोक्नुु पर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने डा. गैरेले जानकारी दिईन ।
नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खोनपानी, सरसफाई तथा स्वस्च्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रिय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिवीर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिवीरवाट २ सय २५ जना महिलाले स्वास्थ्य जाँच गराएर निशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाईटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खोनपानी, सरसफाई तथा स्वस्च्छता कार्यक्रम जिल्ला संयोजक छवी पन्तले जानकारी दिए । सेवा लिएका महिलाहरुमा लहँ–२ की ६६ बर्षिय तस्बीरा रावल, लहँ–४ की ६१ बर्षिय भक्की वली, लहँ–६ की ४५ बर्षिय नानकली वली र लहँकै ५२ बर्षिय मगी रावलको पाठेघरको अप्रेशन नै गर्नु पर्ने अन्तिम अबस्थाका बिरामी फेला परेको संयोजक पन्तले बताए । पन्तले दिएको जानकारी अनुसार उक्त ४ जना महिलाहरुलाई नेपाल रेडक्रस सोसाईटी, जाजरकोटकै पहलमा यही फागुन १५ गते देखि रुकुमको चौरजहारीमा सञ्चालन हुन गईरहेको पाठेघर सम्बन्धिको अप्रेशन शिवीरमा अप्रेशन गरिने भएको छ ।
गत माघ २२ गते लहँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिवीरमा भेजाईनबाट रगत बग्ने ४ जना, मुत्र नलिमा समस्या भएका ३२ जना, ग्त्क्ष् तथा सेतो पानी बग्ने ३२ जना, ईमिग्यास्टिक ४७ जना, महिनावारी नहुुने ३ जना, लुुतो ३० जना, तल्लो पेट दुुख्ने १० जना, ऋइएम् ९ जना, पेट दुुख्ने ३६ जना बिरामीहरु फेला परेको संयोजक पन्तले जानकारी दिए ।
२ सय २५ जना महिलाले निशुल्क सेवा लिएको उक्त स्वास्थ्य शिवीरमा २ सय ७ जना महिलाहरु बिभिन्न रोगका बिरामी रहेको नेपाल रेडक्रस सोसाईटी, जाजरकोट शाखाले जनाएको छ ।





error: Content is protected !!