निर्देशन दिन्छ शिक्षा तर निर्देशन पालना गदैन्न विद्यालयहरु

जाजरकोट , जिल्ला शिक्षा कार्यालय जाजरकोटले आफ्नो निर्देशन पालना नगर्ने दर्जन वढी विद्यालयलाई स्पष्टिकरण सोधेको छ । कार्यालयले वनाएको नम्स भन्दा वाहिर गएर प्रमाणपत्रको रकम असुल्ने दर्जन वढी विद्यालयलाई स्पष्टिकरण सोधेको हो ।
कक्षा १० उतिर्ण गरेका विद्यार्थी देखी १२ कक्षा उतिर्ण गरेका विद्यार्थीहरुवाट चारित्रिक प्रमाणपत्रको हजारौ रकम असुलपछि जिल्ला शिक्षा कार्यालयमा उजुर परेको थियो । शिक्षा कार्यालयले वनाएको नम्स भन्दा चर्को सुल्क उठाउने विद्यालयलाई पुर्ण जिल्ला शिक्षा कार्यालयले स्पष्टिकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यम तथा सवै विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले प्रमाणपत्रको सुल्क १५ सय सम्मा लिन पाउँने भनी पत्राचार गरेको थियो । जिल्ला शिक्षाको सो पत्रलाई विद्यालयले लत्याउदै प्रतिप्रमाणपत्रको रु ५ हजार सम्मा रकम लिएपछि शिक्षामा पुर्ण उजुरी परेको हो ।
उजुरीका आधारमा जिल्ला शिक्षा कार्यालयले प्रमाणपत्र दिदा लिएको रकमको रसिद सहित शिक्षा कार्यालयमा उपस्थित हुँन पत्राचार गरेको छ । पहिलो पटक सोधेको स्पष्टिकरणको चित्त नवुझेको भन्दै दोस्रो पत्र लेखेपछि अहिले यहाँका विद्यालयहरु कसरी कागज मिलाएर ल्याउने भनी हैरान भएका छन् । जिल्ला शिक्षाको निर्देशन पालन नगरी आफुखुसी चल्ने विद्यालयहरुले गर्दा समस्य भएको जिल्ला शिक्षा कार्यालयले वताएको छ । आफ्ना छोरा,छोरी सामुदायिक विद्यालयमा नपढाउने तर गरिवका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा चर्को सुल्क लिने शिक्षकको नीति देखी अ स्थानीयहरु आक्रोषित भएको वताएका छन् । देशका महंगा,महंगा विद्यालयमा सामुदायिक विद्यालयका शिक्षकका छोरा,छोरीहरु पढ्ने गर्दछन् तर परिक्षा भने सामुदायिक विद्यालयवाट तीनै शिक्षकका छोरा,छोरीले दिने गर्दछन् । सामुदायिक विद्यालयमा हाजिरीमा नाम मात्र चढाउँने तर पढाई निजी विद्यालयमा हुँने गरेको छ । गरिवका छोराछोरीहरुको परिक्षामा कम अंक आउँने तर तिनै निजी विद्यालयमा वढेर सामुदायिक विद्यालयमा परिक्षा दिने शिक्षकका छोराछोरीको अंक परिक्षामा वढी ल्याउँदा अधिकांश विद्यार्थीहरु तनावमा छन् । नेता शिक्षकका छोराछोरीहरु सवै निजीमा पढ्ने गरेका छन् । नेता रहेका शिक्षकले विद्यालयमा कम पढाउने गरेको पाईएको छ । कम राजनीतिक चाँसो गर्ने शिक्षक भन्दा राजनीतिमा सक्रिया शिक्षकको कोष कम पठाएको पाईएका छ ।
आफु निकटको विद्यार्थी संगठन निर्माण गर्न विद्यालयमा आएका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने र विरोधी संगठन निर्माण गर्न आएमा समय नदिने देखी विद्यार्थीहरु भड्काउने समस्य देखिएको पाईएको छ । यत्ता चर्को सुल्क लिने विद्यालयले छात्रवृती , पाठ्यपुस्तकको रकम समेत पारदर्शी रुपमा वितरण नगरेको पाईएको छ । जानकी मावि खगेनकोटका विद्यार्थीहरुले अहिले सम्मा छात्रवृती नपाएका वताएका छन् । विद्यालयले भने कृत्य कागज वनाई सधै जिल्ला शिक्षा कार्यालयमा वुझाउने गरेको छ । विद्यालय सञ्चालन गर्न समस्य भएको भन्दै यहाँका अधिकांश विद्यालयले पाठ्यपुस्तक,छात्रवृती र प्रमाणपत्रको रकम असुल्ने गरेको वताउँदै आएका छन् ।










