वाल क्लमा शैक्षीक शामग्री वितरण

जाजरकोट , शान्ति वाल क्लवका सदस्य,वि.व्य.स.पदाधिकारी र शिक्षकहरुका लागी वाल संरक्षण,वालमैत्री विद्यालय सम्वन्धि अभिमुखीकरण कार्यक्रम कालीका आधारभुत विद्यालय भे.मा.न.पा. २ डीङ्गा र शंकरभवन मा.वि. वाहुनथानमा मा सम्पन गरीएको छ ।
अष्ट्रेलियनएड,कारितास अष्टे«ृलिया को आर्थिक सहयोग तथा कारितास नेपालको समन्वय र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटको शाझेदारिमा सन्चालित “बालवालिका तथा यूवा शसक्तिकरण परियोजना” कार्यक्रम लागु भएका विद्यालयमा बाल संरक्षण र शशक्तिकरणको लागी बालबालिका, शिक्षक तथा अविभावकको क्षमता बिकास गराउने उद्येस्यले सन्चालन गरीएको अभिमुखीकरण कार्यक्रममा २ वटा विद्यालयमा गरी १५० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा वाल संरक्षण,वालमैत्री पुर्वाधार,वाल संरक्षणमा सरोकारवालाको भुमीका आदी विषयमा यार्सन जाजरकोटका कार्यक्रम संयोजक सहदेव वस्नेतले सहजीकरण गर्नु भएको थियो ।
सोही कार्यक्रमकै विच २ वटा विद्यालय द्धारा छनौट गरीएका अपाङ्ग, द्धन्दपीडीत तथा असहाय १४ जना वालवालीकाहरुलाइ सहयोग कार्यक्रम अन्तरगत झोला,कापी र कलम वितरण गरीएको थीयो । अति विपन्ना वालवालीकाहरुलाइ विद्यालयमा नियमीतताको लागी वितरीत कार्यक्रमले विद्यालय निरन्तरताका लागी हौसला मिल्ने शंकर भवन मा.वि.का. वि.व्य.स. अध्यक्ष टीकाराम खड्का वताउँछन ।
साथै २ वटै विदालयमा अवस्थीत वाल क्लवलाइ अतिरीक्त क्रियाकलाप सन्चालन मा सहभागी छात्रछात्राहरुलाइ पुरुस्कार को लागी कापी र कलम समेत वाल क्लवलाइ हस्तान्तरन गरीएको छ ।
हाल सम्म कुनै पनि सँघ संस्थावाट सहयोग नभएको आफ्नो विदालयमा यस प्रकारको सहयोगले ठुलो राहत मिलेको र यसले वालवालीकाहरुको अतिरीक्त क्रियाकलाप सन्चालनमा प्रभाव पर्ने कालीका आधारभुत विद्यालय डीङ्गाका श्रोत शिक्षक केशव घर्तीको भनाइ रहेको छ । उक्त कार्यक्रममा कालीका आधारभुत विद्यालयका छात्र छात्राहरुले लोक नृत्य समेत प्रस्तुत गरेका थिए ।










