रुकुमको तकसेरामा नेता र कर्मचारीलाई प्रवेश निषेध

काठमाडौं, । तकसेरा गाविसका बासिन्दाले दलका नेता र सरकारी कर्मचारीलाई गाउँ प्रवेशमा निषेधको घोषणा गरेका छन् । तकसेरालाई गाउँपालिकाको केन्द्र नबनाएको भन्दै उनीहरले नेता र कर्मचारीलार्य गाउँ प्रवेशमा निषेधको घोषणा गरेका हुन् ।
तकसेरालाई गाउँपालिकाको केन्द्र बनाउन जिल्ला तथा केन्द्रमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि विरोधस्वरुप गाविसलाई निषेधित क्षेत्र घोषणा गरेको उनीहरुले जनाएका छन् ।
जिल्लाको पूर्वी भेगका ताकसेरा रन्मामैकोट, हुकाम, जाङ, राङसी, कोललगायत गाविस मिलेर बन्न लागेको पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा तोक्न स्थानीयले दबावका कार्यक्रम गर्दै आएका थिए ।
तकसेरा गाउँपालिकाको केन्द्र बन्ने सम्पुर्ण आधार हुँदाहुँदै पनि पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र कोललाई बनाउने प्रस्ताव गरिएको छ । सदियौंदेखि पछाडि पारिँदै आएको तकसेरालई यसपटक पनि पछाडि पार्न खोजिएको स्थानीयबासीको आरोप छ ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गाउँपालिकाको केन्द्र कोल गाविसलाई तोकिनसकेको जनाएको छ ।










