अस्पताल विशेषज्ञ चिकित्सकविहीन

  जाजरकोट ,  जिल्ला अस्पताललाई १५ शैøयाबाट ५० शैøयामा स्तरवृद्धि गरेको एक वर्ष भए पनि जाजरकोटवासीले अहिलेसम्म विशेषज्ञ चिकित्सक सेवा पाउन सकेका छैनन् । नीतिगत रूपमा जिल्ला अस्पताललाई स्तरवृद्धि गरिए पनि आवश्यक जनशक्तिको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन हुन पुगेको हो ।

औपचारिक रूपमा स्तरवृद्धि घोषणा भएको एक वर्षभित्रमा दन्त सेवाबाहेक अरू कुनै पनि विशेषज्ञ सेवा सुरु भएको छैन । सरकारले नौ प्रकारका विशेषज्ञ सेवासहित अस्पतालको स्तरवृद्धिको घोषणा गरे पनि कार्यान्वयन हुन सकेको छैन । ५० शैøयाको स्तरअनुसार जनशक्ति र भौतिक पूर्वाधार विकास गर्न बारम्बार मााथिल्लो निकायमा अनुरोध गरे पनि प्रक्रिया ढिलो भएको जिल्ला अस्पतालले जनाएको छ । स्तरोन्नति भएअनुसार नयाँ बजेट, कार्यक्रम र जनशक्तिको व्यवस्था नहुनुले स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको अस्पतालका निमित्त प्रमुख डा। चाँदनी जैसवालले बताइन् । समयमा विशेषज्ञ सेवा सुरु नहुनु, बिरामीको रासनको रकम पुरानै आउनु, पूर्वाधार निर्माणको कुनै पनि काम सुरु नहुनु, शैøयाहरू थप गर्ने व्यवस्था नहुनाले स्तरवृद्धिको घोषणा सरकारी कागजमै सीमित भएको हो ।

अस्पतालको स्तरोन्नतिको घोषणासँगै मेडिकल सुपरिटेन्डेन्टसहित नौ प्रकारका विशेषज्ञ चिकित्सक सेवा सञ्चालन गर्ने तयारी गरेको हो । तर, अहिलेसम्म विशेषज्ञ चिकित्सक सेवा भने सञ्चालन हुन सकेको छैन । स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा, मानसिक रोगलगायतका नौ प्रकारका विशेषज्ञ सुविधाबाट जाजरकोटेली जनता वञ्चित रहेका छन् । विशेषज्ञ सेवाको अभावमा जिल्लावासी विभिन्न रोगको उपचारका लागि महँगो खर्चमा बाहिर जानुपर्ने अवस्था रहेको नागरिक समाजका अध्यक्ष केशवजंग

शाहले बताए । अहिले जिल्ला अस्पतालमा चारजना मेडिकल अधिकृत र एकजना दन्त विशेषज्ञको पदपूर्ति भएको जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले बताए ।

अस्पतालको स्तरअनुसार भौतिक पूर्वाधार र उपकरणको व्यवस्था र जनशक्ति पदपूर्तिका लागि मन्त्रालय र विभागमा परिपत्र गरे पनि सुनुवाइ नभएको प्रमुख शाहले बताए । अन्य विशेषज्ञ सेवा सुरु गर्नलाई भौतिक पूर्वाधार तथा प्राविधिक उपकरण पहिले व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । नीतिगत निर्णयसँगै भौतिक पूर्वाधार र प्राविधिक उपकरणको जरुरी हुने डा। भैरव मल्लले बताए । ५० शैøयाको अस्पताल भनिए पनि हाल सो अस्पतालमा १५ शैøयाको मात्रै सेवा सञ्चालन हुँदै आएको छ ।

जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालय एकै ठाउँमा भएकाले पनि अस्पतालमा नयाँ सेवा सुचारु गर्न समस्या परेको छ । स्तरवृद्धिअनुसार ल्याइएका बिरामी सुत्ने शैøया गएको सात महिनादेखि बन्द कोठामा थन्किएका छन् । स्तरवृद्धिसँगै शैøया वृद्धि गर्न भन्दै थोरै मात्रामा जिल्ला ल्याइएका बेडहरू भवन अभावमा कोठामा थन्काइएका हुन् । बेडहरू र त्यसमा प्रयोग हुने फर्मलगायत अन्य सामग्रीहरू पुरानो भवनको हलमा थन्क्याइएका छन् ।

अस्पतालमा थुप्रै खालका समस्या रहेको स्वीकार गर्दै अब समस्याहरूको प्राथमिकीकरण गरी समाधानमा लाग्ने नवनियुक्त अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । ‘स्तरवृद्धि भए पनि मुख्य गरी भौतिक पूर्वाधार र जनशक्तिको समस्या देखिएको छ । कसरी व्यवस्थापन गर्न सकिन्छ रु म लाग्छु,’ अध्यक्ष शाहले भने ।





error: Content is protected !!