अाज बालुवाटारमा चार दलको बैठक बस्दैः चुनावको मिति घोषणाबारे संम्भवत टुंगो लाग्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार दलका शिर्ष नेताहरुसगं आज छलफल गर्दैछन् । आज दिउँसो ३ बजे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सललाहकार गोविन्द आचार्यले खबरडबलीलार्इ बताएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका शिर्ष नेतृत्वसंग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

3-party-metting-baluwatar-768x433

मूख्यत संविधान संशोधन र स्थानीय निर्वाचनको बिषय छलफल हुने आर्चायले बताएका छन् । संविधान संशोधन गरेर मुलुकलाई निकास दिने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

माघ १५ भित्र तीन निर्वाचन मध्ये एकको मिति घोषणा नगरे तोकिएको समयमै निर्वाचन गर्न नसकिने भएपछि आज चुनावको मिति घोषणाबारे छलफल हुने बताइएको छ ।

दलहरुसंगको छलफलबाटै निर्वाचनको मिति घोषणा गर्ने भन्दै बैठक डाकिएको हो । आजको बैठकले नै चुनावको मिति घोषणाबारे टुंगो लाग्ने बुझिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!