जुम्ला पुगेर पूर्वगृहमन्त्री बस्नेतले भने ‘देश माओवादीकै एजेण्डामा चलिरहेको छ’

जुम्ला। नेकपा माओवादी केन्द्र नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक परिवर्तनको विभिन्न कालखण्डमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको बताए ।

3

“अब हामी विगतका सबै कुराको योगमा समीक्षा गर्छौं र त्यसबाट शिक्षा लिएर मुलुक समृद्धिको कोर्समा लाग्छौँ,” उनले भने । वर्तमान संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता माओवादी एजेन्डा भएको जनाउँदै उहाँले माओवादी मार्ग चित्रमा देश अघि बढिरहेको दाबी गरे ।
कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने बताएका छन् ।

उनले भने, “मानसरोवर समेत जोड्ने परिकल्पनाबाट आयोजना सम्पन्न गर्न सकिएमा जुम्ला कर्णालीको आधार शिविर बन्छ, साथै पूर्व–पश्चिम राजमार्गलाई रारातालसम्म पुग्नका लागि ६/७ घन्टामा सीमित गर्न सकिन्छ ।” त्यसका लागि टनेल मार्गका रुपमा पनि यसलाई निर्माण गर्न पहल गरिने बताए ।

प्रेस सेन्टर जुम्लाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा इञ्चार्ज बस्नेतले नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइने बताए ।

स्थानीय तहको निर्वाचन कहिले भन्ने पत्रकारको जिज्ञासामा उनले भने सरकारले स्थानीय तहको चुनाव जेठसम्म गर्छ । प्रदेश र केन्द्रको चुनाव २०७४ माघसम्म गर्ने सरकारले लक्ष्य लिएको छ ।

यसमा स्थानीय तहले २२ वटा अधिकार सम्पादन गर्नसक्ने बनाएको उनले बताए । स्थानीय तहको स्वरुप कस्तो हुने भन्ने विषयमा सङ्ख्या तथा सीमा निर्धारण आयोगको प्रतिवेदनले प्रष्ट्याउने जानकारी दिँदै भर्खरै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगको प्रतिवेदन बुझेको उनको भनाइ थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!