सामुदायिक विकास कार्यक्रमद्धारा ४५ दिने सिकर्मी तालिम

जाजरकोट ,  सदरमुकाम खलंगामा सामुदायिक विकास कार्यक्रमले ४५ दिने सिकर्मी तालिम सञ्चालन गरेको छ । ब्यबसायिक क्षमता अभिवृद्धी गराई विपन्न नागरिकलाई आत्मनिर्भर गराउन सामुदायिक विकास कार्यक्रमले सिकर्मी तालिम सञ्चालन गरेको हो ।

गत पुस २१ गते देखि सञ्चालन भएको तालिम ४५ दिन सम्म सञ्चालन हुने सामुदायिक विकास कार्यक्रमका जिविकोपार्जन अधिकृत महेन्द्र वहादुर चन्दले जानकारी दिए । नागरिक सचेतना केन्द्रका गरिब तथा आर्थिक रुपमा कमजोर घर परिबारका सदस्यको आय आर्जनमा वृद्धी गरी आर्थिक रुपमा बलियो बनाई उनिहरुको अबस्था रुपान्तरण गर्नका लागि उक्त सिप बिकास तालिमको आयोजना गरिएको अधिकृत चन्दले वताए ।

jajarkot४५ दिन सम्म चलाईने सिकर्मी तालिममा कार्कीगाँउ, थालारैकर, मजकोट, पैक, दह, कोताग, नायकवडा, रोकायागाँउ, रग्दा र भगवती गाबिसवाट २० जना सहभागी रहेको खलंगामा सामुदायिक विकास कार्यक्रमले जनाएको छ । उक्त तालिममा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गाउँमा गठन भएका नागरिक सचेतना केन्द्रका सदस्यहरुकै परिबारलाई नागरिक सचेना केन्द्रको निर्यण, वडा नागरिक मन्च र गाविसको सिफारिसमा सहभागि गराईएको सामुदायिक विकास कार्यक्रमले वताएको छ ।

तालीमको लागि ७ लाख १ हजार ५ सय ९२ रुपैया बजेट रहेको सामुदायिक विकास कार्यक्रमले वताएको छ । उक्त रकम तालिमका प्रति सहभागीलाई ३५ हजार ७९ रुपैया ६० पैसा दिईने व्यवस्था भएको जिविकोपार्जन अधिकृत महेन्द्र वहादुर चन्दले जनाएका छन भने, उक्त रकममा सहभागीहरुको खाना, वास, आवश्यक औजारहरु, स्टेशनरी तथा यातायात खर्च लगायत तालिममा हुने सम्पुर्ण खर्च समेटिएको छ ।

 




सम्बन्धित समाचार


error: Content is protected !!