ध्यानाकर्षण

श्री डिभिजन प्रमुखज्यू,
सडक विभाग, डिभिजन कार्यालय,
चौरजहारी, रुकुम । मिति ः २०७३।१०।७
विषय ः ध्यानाकर्षण गराइएको सम्वन्धमा ।
समग्र मानवीय विकासको प्रमुख आधार सडक यातायात भएकाले जिल्ला परिषद जाजरकोटको वैठकका निर्णयहरुवाट माग भए अनुरुप रणनीतिक, क्षेत्रीय र सहायक सडकको रुपमा विभिन्न योजनाहरु सडक विभाग अन्तरगतका कार्यालयहरु मार्फत कार्यान्वयनमा रही आएका छन् ।
जाजरकोट, डोल्पा र रुकुम ३ जिल्ला भौगोलिक कार्य क्षेत्र रहेको त्यस कार्यालयको विषयगत कार्य क्षेत्र अन्तरगत जाजरकोट जिल्लाका निम्न सडकहरुको छनौट, विकास, निर्माण कार्यको अवस्था र स्तरोन्नती जस्ता विषयमा समस्त जिल्लावासीको तर्फवाट त्यस कार्यालयको गम्भीर ध्यानाकर्षण गराउंदछौं ।
१. छिन्चु – जाजरकोट – खलंगा – डोल्पा सडक अन्तरगत खलंगा – रिम्ना सडक खण्डमा कालोपत्रे गर्दा छिन्चु – जाजरकोट – खलंगा – डोल्पा सडकको कालोपत्रे गरिएको अन्तिम विन्दू शान्ति चौतारा भएकाले शान्ति चौतारावाट सडक कालो पत्रेको काम शुरु हुनु पर्नेमा वीचमा काम नगरी थाप्लेचौरवाट मात्र काम अगाडी वढेकोले जाजरकोटवासीको ध्यानाकर्षण भएको छ ।
उक्त सडकको कालोपत्रे गरिएको अन्तिम विन्दू शान्ति चौतारावाट प्रचलित नेपाल सरकारको ८ मीटरको मापदण्ड अनुरुप सडक कालो पत्रेको काम अविलम्व शुरु हुनु गरियोस ।
२. जाजरकोट जिल्ला भित्र पर्ने जिल्ला परिषदको निर्णयानुसार माग भएका निम्न सडकहरुमा पर्याप्त वजेट विनियोजन गरी गुणस्तरीय निर्माण कार्य अगाडी वढाईयोस् ।
क. पांचकाटिया – वारेकोट – जुम्ला सडक ख. पांचकाटिया – पैंक – व्याउलीढुंगा – जुम्ला सडक
ग. छेडा – कचाली सडक घ. छेडा – चांदे सडक
ङ. खलंगा – इवर – मछाइना सडक च. पांचकाटिया – किटेनी – भारगाउं – लहं सडक
छ. भूरचौर – स्याउली सडक ज. लिर्ता – कार्कीगाउं सडक
३. जाजरकोट जिल्ला भित्र पर्ने चालु आ.व.मा स्वीकृत सडक योजनाहरुको गुणस्तरीय निर्माण कार्य निर्धारित समयमै शुरु हुने व्यवस्था मिलाइयोस् ।
४. सवै सडक आयोजनाहरुको निर्माण कार्यको गुणस्तर सुनिश्चितताका लागि नियमित प्राविधिक सुपरीवेक्षण गर्नुका साथै स्थानीय स्तरमा अनुगमनको भरपर्दो व्यवस्था मिलाइयोस् ।
यस पूर्व पनि उपरोक्त विषयमा कार्यालयको ध्यानाकर्षण गराईएकोमा सन्तोषजनक रुपमा जनभावना सम्वोधन नभएको तीतो सत्य स्मरण गराउंदै सडक योजनाको गुणस्तरीय निर्माण कार्य सुनिश्चित हुन जोडदार माग गर्दछौं ।
सादर अवगतार्थ ः
१. व्यवस्थापिका संसद सदस्य श्रीशक्ति वहादुर वस्नेतज्यू,
२. व्यवस्थापिका संसद सदस्य श्रीराजीव विक्रम शाहज्यू,
३. व्यवस्थापिका संसद सदस्य श्रीरीता रावलज्यू
४. श्रीप्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय,जाजरकोट
५. श्रीस्थानीय विकास अधिकारीज्यू, जिल्ला विकास समितिको कार्यालय,जाजरकोट
६. जिल्लाका सवै क्रियाशील राजनिितक दलका प्रमुखहरु
६.१ नेपाली कांग्रेश, जाजरकोट ६.२ नेपाल कम्यूनिष्ट पार्टी एमाले, जाजरकोट
६.३ नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र, जाजरकोट ६.४ राष्ट्रिय प्रजातन्त्र पार्टी, जाजरकोट
६.५ नेपाल कम्यूनिष्ट पार्टी माओवादी, जाजरकोट ६.६ संघीय समाजवादी फोरम, जाजरकोट . ६.७ समाजवादी जनता पार्टी, जाजरकोट ६.८ ने.क.पा.माक्र्सवादी, जाजरकोट
६.९ दलित जनजाती पार्टी, जाजरकोट
७. श्रीकार्यकारी अधिकृतज्यू, भेरीमालिका नगरपालिकाको कार्यालय,जाजरकोट
समस्त जाजरकोटवासीहरुको तर्फवाट,
१. अमर सिंह राठौर (सरोकार समिति) २. कमला शाह (सरोकार समिति)
३. दल वहादुर घर्ति (सरोकार समिति) ४. दीप नारायण कार्की (सरोकार समिति)
५. पदम वहादुर खत्री (सरोकार समिति) ६. वसन्त प्रसाद शर्मा (सरोकार समिति)
७. शान्त वहादुर वस्नेत (सरोकार समिति) ८. दीप वहादुर घर्ति ( अनलाइन पत्रकार)
९. दिपेन्द्र शर्मा (नेपाल पत्रकार महासंघ) १०. नरेश राना (अनलाइन पत्रकार)
११. वाल कुमार शर्मा (अनलाइन पत्रकार) १२. वासुदेव शर्मा (एफ.एम.प्रतिनिधि)
१३. भीम वहादुर (कान्तिपुर सम्वाददाता) १४. राजेन्द्र कार्की (अन्नपूर्ण पोष्ट प्रतिनिधि)
१५. राजेन्द्र विक्रम शाह (नागरिक समाज संयोजक) १५. हेमन्त के.सी.( भेरी खवर अनलाइन , नयाँ पत्रिका , रासस )










