नेपाल पारा भेटनरी एन्ड लाइभ स्टक एशोसियशन जाजरकोटको अध्यक्षमा तिलक राना

para-vet

नेपाल पारा भेटनरी एन्ड लाइभ स्टक एशोसियसन जाजरकोटको ९ औ जिल्ला अधिवेशन सोमवार सम्पन्न भएको छ । सदरमुका खलंगामा भएको अधिवेशनले तिलक वहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय नया कार्य समिति चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा भुपेन्द्र पुन , सचिवमा दल वहादुर वाठा , कोषाध्यक्षमा जयन्ती नेपाली सह सचिवमा भिम प्रकास के सी , सदस्यमा दिप वहादुर भारती , ललित चन्द , अर्जुन खड्का पान सरा वि .क रहेका छन यसै गरि केन्द्रिय प्रतिनिधिमा रत्न वहादुर डागी उदय लाल खत्री , गणेश वहादुर रावत सहित ५ जनालाई चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिका अध्यक्ष रानाले जाजरकोटमा पारा भेटेनरीको विकासका लागि आफुहरु क्रियाशिल भएर लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ ।





error: Content is protected !!