मेरो लगन जुरेको छैन

संविधान संशोधन संवैधानिक–असंवैधानिक हुने विषयलाई लिएर राजनीतिक दलहरू दुई कित्तामा विभाजित भइरहेको अवस्थामा संविधान जारी गर्ने नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादव पछिल्लो केही दिनयता आफ्नो पुख्र्यौली गाउँ धनुषाको सपहीमा छन् । अमेरिकाबाट क्यान्सरको सफल उपचार गराएर फर्केका पूर्वराष्ट्रपतिले आफ्नी छोरी अनिताका साथ आफन्त र गाउँलेसँग भेटघाट र भलाकुसारी गरी समय बिताउने गरेका छन् । अनिता राज्यले राष्ट्रपति बाबुलाई उपलब्ध गराउने गरेको सेवासुविधाप्रति असन्तुष्ट छिन् । जनकपुरमा रहेकी अनिताले विविध विषयमा हदिश खुुद्दारसँग कुराकानी गरेकी छिन्

anita

आफन्तका लागि सपहीमा अमेरिकाबाट क्यान्सरको उपचार गरेर फर्किएपछि आफन्तहरूले बुबालाई भेट्ने इच्छा राखिरहे । उहाँहरूलाई काठमाडौंसम्म आउन असहज हुने भएकाले हामी नै गाउँ आएका हौँ । बिरामी मान्छेलाई आफन्तसँग भेटघाट तथा भलाकुसारी गराउँदा बिमारी चाँडो निको हुने भएकाले पनि हामी गाउँ आएका हौँ । काठमाडौँ भन्दा यहाँको वातावरण स्वच्छ र शान्त छ । काठमाडौँको बसाइ महँगो पनि छ । स्वच्छ तथा ताजा सागसब्जी पाउन पनि मुस्किल हुन्छ । यहाँ त आफ्नै बारीको तरकारी खान पाउनुभएको छ । बुबाको स्वास्थ्य अवस्था ९९ प्रतिशत ठीक छ । उहाँको स्वास्थ्यलाई लिएर अहिले कुनै चिन्ता लिनुपर्नेछैन । बाहिर उहाँको सपही बसाइलाई मान्छेहरूले जे रूपमा लिए पनि विशुद्ध रूपमा अराम गर्न तथा आफन्तसँग भेटघाट होस् भनेर केही समयका लागि यहाँ आउनुभएको हो । सपही हाम्रो पुख्र्यौली गाउँ हो । पूर्वराष्ट्रपति भएकाले उहाँका बारेमा जिज्ञासा राख्नु स्वाभाविकै हो । तर, हरेक कुरालाई असामान्य रूपमा लिँदा सत्यता ओझेलमा पर्न सक्छ । हामीले काठमाडौँ जाँदैनौँ भनेका छैनौँ ।

केही दिनमै काठमाडौं जान्छौँ । केही दिनपछि किरण दिदी ९नेपाली कांग्रेसकी सांसद०का छोराको बिहेका लागि काठमाडौं जानु छ । सेवासुविधा पर्याप्त छैन पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले बुबालाई दिइरहेको सेवासुविधा पर्याप्त छैन । फोटोमा ठूलो घर देखाएर त्यसभित्र के–कस्ता सेवासुविधा छन् भनेर बुझ्न सकिदैन । घरभित्र कति के छ, के छैन र के आवश्यक छ रु त्यसको पूर्ति भएको छ, छैन त्यो हेरिएको छैन । बुबा रिटार्यडमेन्टको समयमा पुग्नुभयो । उहाँलाई सहयोग चाहिने उमेर छ अहिले । तर, सहयोगी छैनन् । मैले उहाँको हेरचाह गरिरहेछु । मेरो पनि आफ्नो काम हुन्छ । पहिला पनि हेर्थेँ दाइहरूले पनि हेर्नुहुन्थ्यो । राष्ट्रपति पदबाट अवकाश पाएको एक वर्ष भयो, अहिलेसम्म मैले नै रेखदेख र सहयोग गरिरहेकी छु । अहिलेसम्म सचिवालय गठन भएको छैन । राज्यले घरको भाडा वा गाडी दिएर मात्रै हुँदैन । गाडीमा चाहिने इन्धनको व्यवस्था कसले गरिदिन्छ रु सात वर्षसम्म ठूलो भवनमा बस्नुभयो । आवश्यक सेवासुविधा थियो । उहाँले जीवनको ४० वर्ष यो देशका लागि दिनुभयो । उहाँ साधारण व्यतिm त होइन । छिमेकी मुलुकका पूर्वराष्ट्रपतिको सेवासुविधा कस्तो हुन्छ, त्यो सरकारले नै बुझ्नुपर्ने कुरा हो । म यस विषयमा धेरै कुरा बोल्दिनँ । उहाँ सबैको राष्ट्रपिता राष्ट्रपतिको उम्मेदवारीसँगै उहाँ कुनै खास पार्टीको साधारण सदस्य पनि रहनुभएन । विगतमा उहाँ नेपाली कांग्रेसमा हुनुहुन्थ्यो । तर, अहिले उहाँ राजनीतिबाट पूर्ण रूपमा टाढा हुनुहुन्छ । उहाँका लागि सबै राजनीतिक दल समान छन् । बुबा गणतन्त्र नेपालको प्रथम राष्ट्रपति अटुट त्याग र तपस्याले नै हुनुभएको हो । अहिले नेपाली कांग्रेसको जिल्ला अधिवेशन चल्दै छ । तर, बुबालाई यसमा कुनै रुचि छैन । राष्ट्रपति भएपछि उहाँ सबैको पिता हुनुभयो । राजनीतिसँग उहाँलाई कुनै सरोकार हुँदैन ।

राजनीति त नेताहरूले गर्ने विषय हो । अब उहाँले गर्ने होइन । त्यसकारण उहाँको गाउँ बसाइ राजनीतिक रूपले हुनुहुँदैन । उहाँ अधिवेशनमा कसैको पक्ष वा विपक्ष लिनका लागि यहाँ आएर बस्नुभएको होइन । कतिले अर्को रूपमा बुझ्ने गरेका छन् । यो गलत छ । मेरो बिहेको चिन्ता छैन म अविवाहित छु । मलाई धेरैले बिहेको बारेमा सोध्छन् । तर, बुबालाई यसबारे कुनै चिन्ता छैन । म स्वयंमा सक्षम छु । पढेलेखेकी छु । समझदार छु । औसत रूपमा सुन्दर नै छु । दुनियाँ घुमेकी छु, बुझेकी छु । त्यसकारण मेरो बिहेको बारेमा बुबाले चिन्ता गर्नुहुन्न । मैले पनि चिन्ता नगर्नुस् भन्ने गरेकी छु । मधेसमा उमेर पुगेकी छोरीको बिहेलाई लिएर बुबाहरूमा बहुतै चिन्ता रहने गर्दछ । तर, मेरो बुबा असाधारण मान्छे हुनुहुन्छ । आमाबुबा जे भने पनि मेरो उहाँ नै हुनुहुन्छ । म तीन वर्षकै हुँदा आमा बित्नुभयो । त्यस हिसाबले पनि अरूको भन्दा बुबासँग मेरो गहिरो स्नेह छ । कहिलेकाहीँ बुबाले मेरो बिहेको विषयमा कुरा नगर्नुभएको होइन, गर्नुहुन्छ । तर, म अहिले बिहे गर्दिनँ भन्ने गरेकी छु । साँच्चै विवाह कहिले गर्छु भन्ने म स्वयंलाई थाहा छैन । कारण मानवलाई तीनवटा कुरा थाहा हुँदैन– जन्म, मृत्यु र बिहे । मान्छे आफू कहिले र कुन अवस्थामा आफ्नो जन्म भयो, त्यसको अनुभव गर्न सक्दैन । मेरो जन्म कसको घरमा होला वा छोरा वा छोरीका रूपमा जन्म हुन्छ भन्ने थाहा हुँदैन । फलानो मितिमा मेरो मृत्यु हुन्छ भनेर कसैलाई थाहा हुँदैन । बिहे पनि त्यस्तै हो । मान्छेले चाहेर बिहे गर्न सक्दैन । बिहे भगवान्को हातमा हुने गर्दछ । कसको बिहे कोसँग, कहिले हुन्छ त्यो भगवान्ले फिक्स गरिसकेका हुन्छन् । तर, हामी मनुष्यलाई थाहा हुँदैन । राइट पसर्न भेटेकी छैन बिहेका लागि राइट समय र राइट मान्छे चाहिन्छ । र, मेरो न राइट समय छ, न मैले राइट मान्छे नै फेला पारेकी छु । भन्नुपर्दा, मेरो लगन जुरिसकेको छैन । लगन जुरेपछि आफैँ बिहे हुन्छ । अरूसरह मलाई पनि बिहेको अफर आउँछ । बिहेको कुरा आफन्तले ल्याउने गर्नुहुन्छ । तर मेरो एउटै भनाइ हुन्छ, समय आएपछि गरौँला । हुन त बिहे नै गर्दिनँ भन्ने मेरो मनसाय पनि होइन । बिहे किन गर्ने रु भन्ने प्रश्नको उत्तर पनि कहिले खोजिनँ । तर, बिहेविनाको जीवन, जीवन नै होइन भन्नु पनि गलत हो भन्ने लाग्छ मलाई ।

बिहे नगरे पनि मैले आनन्दको जीवन बिताइरहेकी छु । कुनै तनाव छैन । बिहे नगरेकोमा मलाई कहिल्यै पछुतो पनि लागेको छैन । म नियमित योगा, ध्यान गर्छु । मलाई अध्यात्ममा रुचि छ । त्यसैले बिहेलाई मैले प्राथमिकतामा राखेकी छैन । तरकारी लगाएकी छु बुबा सपहीस्थित बिपी सेन्टरमा बस्नुहुन्छ । म जनकपुरको ब्रह्मपुरीस्थित घरमा बस्छु । यो घर मेरो नाममा छ । सपहीको घर चन्द्रमोहन दाइको नाममा छ । उहाँसँगै सुरक्षाकर्मी बस्ने तथा भेटघाटका लागि बाहिरका मान्छे आउने गरेका कारणले सपहीको घर सानो हुन जान्छ । त्यसकारण बुबा बिपी सेन्टरमै बस्नुहुन्छ । बुबाले फोन गर्नुहुन्छ, म भेट्न जान्छु । सँगै खाना खान्छु । बढी काठमाडौँमा बस्ने भएकाले घरको रिपेरिङ बाँकी थियो । अचेल त्यही गराइरहेकी छु । बारीमा काउली, साग, मूला, फूलकोभी, गोलभेँडाजस्ता तरकारी लगाएकी छु । बारीमै सानो वाटर ड्याम्प छ । त्यसमा माछा पालेकी छु । त्यसको रेखदेख गर्छु । योगा गर्छु । साथीहरूसँग ब्याडमिन्टन खेल्छु । बुबालाई मनपर्ने खानेकुरा पकाएर लग्छु । अचेल यसरी नै दिन बित्ने गरेको छ ।





error: Content is protected !!