ओबामाका ९ अविस्मरणीय क्षण

राष्ट्रपति बाराक ओबामा आफ्नो दुई कार्यकाल पूरा गरी एक सातापछि राष्ट्रपति निवास ह्वाइटहाउसबाट औपचारिक रूपमा बिदा लिँदै छन् । मंगलबार साँझ राष्ट्रपति ओबामाले सिकागोमा बिदाइ सम्बोधन गरेका थिए । सम्बोधनमा उनी निकै भावुकसमेत बनेका थिए । आफ्नो कार्यकालमा ओबामाले केही अविस्मरणीय अनुभूति गरेका थिए, प्रस्तुत छ ओबामाको कार्यकालका अविस्मरणीय घटना .

१,अमेरिकी प्रथम अश्वेत राष्ट्रपति
सन् २००९ को जनवरी २० मा ओबामा अमेरिकाको प्रथम अश्वेत राष्ट्रपति बनेर इतिहास रच्न सफल भएका थिए । उनको सपथ कार्यक्रम हेर्न राजधानी वासिंगटन डिसीमा लाखौँ मानिस उपस्थित भएका थिए । सपथपछि उनले मर्मस्पर्शी भाषण गरेका थिए । ‘आशा र धर्मका साथ एकपटक सबै मिलेर आँधीको सामना गरौँ,’ त्यसवेलाको जटिल राजनीतिक अवस्थाको चर्चा गर्दै ओबामाले भनेका थिए । उनका हरेक वाक्यलाई दर्शकले हुटिङ गरेका थिए ।
२,बालकसामु टाउको झुकाए
राष्ट्रपति भएपछि ओबामालाई भेट्न हवाइटहाउससका एक पूर्व कर्मचारीका पाँच वर्षीय छोरा ज्याकोब फिलाडेल्फिया पनि ह्वाइटहाउस पुगेका थिए । ओबामा र ज्याकोबबीचको भेट निकै अनौपचारिक थियो । ज्याकोबले ओबामालाई भेटेपछि उनको कपाल छुने इच्छा देखाए । ‘तपाईंको कपाल पनि मेरो जस्तै छ त १’ बालकले जिज्ञासा राखेका थिए । जवाफमा ओबामाले ‘ल छाम’ भनेर बालककाअघि शिर झुकाएका थिए । बालकले ओबामाको कपाल छामेको तस्बिर उनको कार्यकालको स्मरणीय घटना थियो । ह्वाइटहाउस सबै जात र रंगका अमेरिकीका लागि साझा फूलबारी हो भन्ने सन्देश सो तस्बिरले दिएको छ ।
३, गोलीकाण्ड कार्यकालै दुःखद् घटना
सन् २०१२ मा कनेक्टिकटस्थित स्यान्डिहुक इलिमेन्ट्री स्कुलमा बीभत्स गोलीकान्ड भएको थियो । एक बन्दुकधारीको गोली प्रहारबाट ६ देखि सात वर्षका २० विद्यार्थी र ६ जना शिक्षकको मृत्यु भएको थियो । सो घटनापछि अमेरिकीले राष्ट्रपति ओबामासँगै शोक मनाएको थिए । सो घटना आफ्नो कार्यकालको सबैभन्दा दुःखदायी क्षण बताउँछन् ओबामा, तथापि त्यसपछि पनि अमेरिकामा धेरै गोलीकाण्ड भए । सन् २०१६ को जनवरीमा बन्दुक नियन्त्रणसम्बन्धी महत्वपूर्ण योजना सार्वजनिक गर्दा ओबामाले स्यान्डिहुक गोलीकाण्डलाई सम्झेर आँसु चुहाएका थिए ।
४, बेलायती राजपरिवारसँग ठट्टा
एकपटक ओबामा र मिसेल बेलायती महारानी एलिजाबेथ द्वितीय र उनका नाति तथा राजकुमार ह्यारीसँग समाजिक सञ्जालमा बेस्सरी गफिएका थिए । ‘ह्यारी तिमीले इनिभिक्टस गेम ९राजकुमार ह्यारीले विकसित गरेको खेल० अमेरिका ल्याउने भनेको बिर्सियौ रु’ मिसेलले सोधिन् । ‘तिमीले चाहेको गेमप्रति सावधान अपनाउनू नि,’ ओबामाले मिसेललाई ठट्टा गरे । त्यसपछि महारानीको प्रतिक्रिया थियो, ‘ओ, रियल्ली’ । सामाजिक सञ्जालको यस गफले हवाइटहाउस र वकिङघम प्यालेसबीच बलियो सम्बन्ध स्थापना गरेको छ ।
५, बिन लादेनको मृत्यु
अलकायदाका नायिके ओसामा बिन लादेन मारिएको घटना ओबामाका लागि अर्को स्मरणीय क्षण हो । सन् २०११ को मार्चमा ओबामा राष्ट्रपति भवनबाट हतारमा बाहिर निस्केर एउटा महत्वपूर्ण विषयको जानाकारी दिँदै थिए । यो सुन्न आम अमेरिकी वर्षौंदेखि आतुर थिए । ‘अमेरिकाले गरेको कारबाहीमा हजारौँ निर्दोष मानिसको ज्यान लिने अलकायदा नेता ओसामा बिन लादेनको मृत्यु भएको जानाकारी विश्व समुदायलाई गराउँछु,’ बिन लादेनको मृत्यु भएको खबरबारे ओबामाले भनेका थिए । लादेनको मृत्यु ओबामा र समग्र अमेरिकीका लागि खुसीको खबर थियो । यसले ओबामाको लोकप्रियता झन बढेको थियो ।
६,नब्बे वर्षपछि अमेरिकी राष्ट्रपति हवानामा
कम्युनिस्ट मुलुक क्युबा अमेरिकाको फ्लोरिडाबाट केबल ९० माइल टाढा पर्छ । तर, ओबामाले राष्ट्रपतिको सपथ लिनुअघि हवाना र वासिंगटन हजारौँ माइल टाढाजस्तो थियो । तर, ओबामाले यो दूरी घटाएका थिए । कम्युनिस्ट टापुसँगको सम्बन्ध सुधार गर्न क्युबासँग भएका गोप्य वार्तामा ओबामा प्रशासनको भूमिका महत्वपूर्ण रह्यो । क्युबासँग वार्ता गर्न क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस समन्वयकारी भूमिकामा थिए । ९० वर्षपछि क्युबा भ्रमण गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुन् । उनले सन् २०१६ मा क्युबा भ्रमण गरेका थिए । भ्रमणका क्रममा अमेरिकाले वर्षौंदेखि क्युबामाथि लगाएका विभिन्न प्रतिबन्ध फुकुवा भएका थिए ।
७, बाथरोब डिप्लोमेसी
२०१६ आफ्नो कार्यकालमा अन्तिमपटक बेलायतको राजकीय भ्रमणका क्रममा ओबामाले राजपरिवारका सदस्यसँग भेट गरेका थिए । तर, दुई वर्षका राजकुमार जर्जसँगको भेट समाचारको मुख्य शीर्षक बनेको थियो । नुहाउनका लागि गाउनमै रहेका राजकुमारलाई ओबामाले समाएका थिए, जसलाई बाथरोब डिप्लोमेसी भनिन्छ । यसअघि ओबामा र मिसेलले राजकुमार जर्जलाई ह्वाइटहाउसमा भेट गरेका थिए ।
८,कलेजमा यौनहिंसा नियन्त्रण
ओबामा प्रशासन अमेरिकी विद्यालय तथा कलेजमा हुने यौनहिंसा नियन्त्रण गरी देशभरका किशोर किशोरीको रक्षा गर्ने पहिलो प्रशासन बनेको छ । सन् २०१४ यौनहिंसाविरुद्धको कार्यक्रम ‘माइट इज अन युएस’ को सुभारम्भ गर्दै राष्ट्रपति र उपराष्ट्रपतिले विद्यार्थी, सिनेटर र अन्य सरोकारवालालाई विद्यार्थीमाथि हुने हिंसाविरुद्ध कदम चाल्न आग्रह गरेका थिए । ओबामाले सन् २०१६ मा यौन दुव्र्यवहारविरुद्धको कानुनमा हस्ताक्षर गरेका छन् ।
९, समलिंगी अधिकारबारे वकालत
ओबामा सबै प्रकारका विवाहलाई समर्थन गर्ने पहिलो अमेरिकी राष्ट्र«पति हुन् । उनको शासनकालमा सर्वोच्च अदालतले समलिंगी विवाहलाई संवैधानिकता दिएको थियो । यसलाई ओबामा आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धि मान्छन् । विभिन्न राज्यले एलजिबिटी ९लेस्बियन, गे, वाइसेक्सुअल र ट्रान्सजेन्डर समुदायको अधिकार रोक्न खोज्दा ओबामा एलजिबिटीको पक्षमा खरो रूपमा उत्रिएका थिए । उनको कार्यकालमा एलजिबिटीका अधिकारसम्बन्धी थुप्रै कानुन बनेका छन् । लंगिक पहिचानका आधारमा व्यक्तिमाथि हुने जुनसुकै भेदभावको ओबामा विरोध गर्छन् ।








