दुखीको घाउमा मलम लगाउँदै यी जाजरकोटी यूवाहरु

जाजरकोट पुस
पटक पटक विभिन्न सञ्चार माध्यममा प्रकासित भएका खवरहरु तर्फ राज्यको ध्यान नगएको वेला जाजरकोटका दुई दलित यूवाहरुले राज्यलाई चुनौति दिदै गरिव दुखीको घाउ पुदै छन् ।

q

डाडागाउ ७ चावलेचौर मा जन्मेका लक्ष्मण रसाइली अनि पश्चिमी भेग पजारु २ धाउनी मा जन्मेका प्रमोद बिश्वकर्मा।पेसा को आधार ले लक्ष्मण पत्रकार त प्रमोद स्वास्थ्यकर्मी हुन्।लक्ष्मण अनेकौ बिबशता ले खाडी मुलुक हानिएर पनि आफै पीडित भएर पनि धेरै को उद्दार मा सफल भएका छन । प्रबासी भुमी कतार रहेर पनि धेरै जना अलपत्र परेको समाचार विभिन्न सञ्चार माध्यम मा बाहिर ल्याएर धेरै को उद्दार मा सफल भएका छन।त स्वदेश मै पनि धेरै बिपत मा परेका हरु को सहयोग संकलन गरि सहयोग जुटाउन सफल छन लक्ष्मण ।त्यस्तै पेसाले स्वास्थ्यकर्मी रहेका प्रमोद आफ्नो ब्यक्तिगत कार्यभन्दा पनि समाज सेवा मा बढी लागि रहेका छन।त्यस्तै प्रमोद जिम्मेवार युबा नेपाल सामाजिक सस्था का अध्यक्ष समेत रहेका छन।जस्तै उनका परोपकारी काम मा कयौं साल देखि कुष्ट रोग पीडित जहाँ जङ्गल मै बास गरेका को उद्दार,चट्याङ लागेर घाइते ,उपचार खर्च अभाब का कारण मृत्यु संग खेली रहेका को उद्दार ,यस्तै थुप्रै परोपकारी काम मा सफल छन प्रमोद।हुन त यी दुबै युबा एउटा सामाजिक अभियन्ता को रुपमा छन।पीडित हरु का दुख विभिन्न सञ्चार माध्यम बाट बाहिर ल्याएर विभिन्न माध्यम बाट सहयोग संकलन गरि पीडित हरु लाई सहयोग गर्ने यी दुई को मुख्य उदेश्य तथा काम हो ।र तत्काल कै उदाहरण हेर्दा जाजरकोट को पश्चिमी भेग पजारु २धाउनी का बाबू को मृत्यु पछि बिचल्ली परेका बालबालिका को लागि सहयोग,तथा जाजरकोट कै पुर्बी भेग खगेनकोट ९मंसिरि माउली घर भएका सक्ला १ का सविन केसी बाबू को मृत्यु आमाको दोस्रो बिहे ,भैंसी ले टेकेर खुट्टा भाचिएको ४ वर्षीय बालक सबिन के सि को लागि उपचार खर्च सहयोग,यी दुई कार्य हाल कै उत्कृष्ट काम हुन।

समाज बाट पछाडी पारिएको जाती दलित,जहाँ छुवाछूत को चपेटामा राखियका हरु को पक्ष मा समेत जुट्न सफल छन।दलित एकता संजाल का अभियन्ता समेत रहेका रसाइली ले आफ्नो जाती मा भइ रहेको छुवाछूत मुक्ती पक्ष मा गाउँ गाउँ मा एकता मा जुटेको समेत बताउछन।





error: Content is protected !!