पत्रकार सुजन पन्तमाथि आएको धम्कीप्रति नाटोज ध्यानकर्षण

काठमाडौं । राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) ले पत्रकार सुजन पन्तमाथि आएको धम्कीप्रति ध्यानकर्षण गराएको छ ।

संघले स्वतन्त्र पत्रकारिताको मर्मलाई नै कुल्चने गरी दिएको धम्कीप्रति गम्भिर ध्यानकर्षण गरेको हो । विज्ञप्तिमा भनिएको छ – स्वतन्त्र पत्रकारिता माथि गम्भिर हमला भईरहे हामी मुखदर्शक रहने छैनौ । यसर्थ धम्की दिने पुडासैनीलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न सम्बन्धीत निकायलाई यो विज्ञप्तीमार्फत ध्यानाकर्षण गराउन चाहन्छौ ।
समाचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कलाकार सिपी पुडासैनी ‘धतुरे’ ले गत पुस २३ गते पन्तलाई फोनमार्फत एकान्तमा भेटे भने जे पनि हुन्छ र म्यासेजमार्फत अन्य व्यक्तिको नाम लिँदै धम्की दिएका थिए । पुडासैनीले हास्यटेलिश्रृंखला ‘के जमाना आ’ मा कलाकार राख्ने हटाउने काम गर्दै आइरहेकाले यस विषयमा पन्तले उनीसँग प्रतिक्रिया लिन खोजेका थिए ।










