जिएमआरको म्याद थप गर्ने निर्णयको भत्र्सना

सुर्खेत,माथिल्लो कर्णाली जलविद्युत परियोजनाको जिम्मा पाएको जिएमआर कम्पनीलाई लगानी जुटाउन सरकाले फेरी म्याद थप गर्ने निर्णय गरेपछि माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियानले आपत्ति जनाएको छ ।
सरकारले यही पुस २४ गते म्याद थप गर्ने निर्णय गरेपछि अभियानले सोमबार विज्ञप्ति जारी गर्दै म्याद थप निर्णयको भत्र्सना गरेको छ । गत असोज ३ गतेसम्म जिएमआर कम्पनीलाई नेपाल सरकारले लगानी जुटाउन दिएको समय अवधि समाप्त भएको ४ महिना वितिसकेको र कानुनी रुपमा जिएम आर कम्पनी मरिसकेको अवस्था हुदाहुदै पुन म्याद थपको निर्णय गरिनु राष्ट्रघात भएको अभियानको भनाई छ ।
जिएमआरलाई माथिल्लो कर्णालीबाट भगाएरै छाड्ेने आफूहरुको प्रतिवद्धता रहेको उल्लेख गर्दै अभियानले विज्ञप्तिमा त्यसका निम्ति सम्पूर्ण देशभक्त जनतालाई आग्रह गरिएको छ ।
अभियानका भरत शाहीले जारी गरेको विज्ञप्तिमा संसारकै माथिल्लो कर्णाली नेपालीको भाग्य र भविष्य भएको भन्दै यसलाई जोगाउन जस्तोसुकै चुनौतिको सामना गर्न तयार रहेको उल्लेख गरिएको छ ।
प्रदेश पोष्ट वाट










