“म हरायको छैन नभेटिएको मात्र हो”

 कृष्ण प्रसाद उपाध्याय
नौबस्ता ७ गाभर

तिमीले मलाई भेटाउन राजतन्त्र हटाई प्रजातन्त्र ल्यायौ , गणतन्त्र पनी ल्यायौ हजारौ हजार सम्झौता गरेउ दिल्ली सम्झौता गरेउ अहिले संबिधानलाई जन्माएका छौ । त्यसमा पनी वली सरकारलाई तुवाई सकेका छौ ‘प्रचण्ड’लाइ अपनाए पनी अझ असन्तुष्ठ देखिन्छौ र अहिले आन्दोलनको आगो बाल्न थालेका छौ ।

चक्काजाम बन्द हट्तालले जन्ता माझ द्धोन्दको बादल फिजाई रहेका छौ । मलाई भेटाउन अहिले बिनाकारण जनतालाई सताई रहेका छौ । तै पनी म तिमी माझ भेटिएको भेटिएको छैन तिमीले मलाई भेटाउन सकेकै छैनौ । म राणा शासनमा थिए, राजतन्त्रमा पनी थिए म गिरीजामा पनी थिए म वलीमा पनी थिए  म ऐमालेमा पनी थिए म काङगे्रसमा पनी थिए म हिमालमा पनी थिए म पहाडमा पनी थिए म तराईमा पनी थिए ।म ब्राहमण , क्षेत्री, दलीत सबै जातीमा थिए म हरपल तिम्रै अघि पछी थिए स्वयम तिमी भित्रै कुनै कुनामा छापीएर रहेको थिए, तिम्रै अङगालोमा बाँधिएर रहेको थिए ,तिम्रै घरदैलोमा दबिएर रहेको थिए, तिमीले चलाएका प्रत्यक आन्दोलनमा थिए तर तिमीले मलाई कहिल्यै पाउने प्रयास गरेनउ,

आफुमा तिमीले मलाई खोज्ने प्रयास गरेनउ झन आफुबाट मलाई टुक्राउने प्रयास गरेउ अझ तिमी मलाई पाउने आशामा आफुबाट अलग्याउने प्रयास गर्दैछौ । यसो नगर आफु माझ मलाई खोजेर हेर आफुमाझ मलाई चुनेर हेर म हरायको छैन नभेटिएको मात्र हो म शान्ती ।





error: Content is protected !!