विद्यार्थीको नतिजाको आधारमा तलव दिईने

जाजरकोट । २६ गाविस र एक नगरपालिकामा सञ्चालनमा ल्याईएको अनौपचारिक शिक्षाका शिक्षकलाई नतिजाका आधारमा तलव भुक्तानी गरिने भएको छ ।

15826120_358702121183487_8391507044823120318_nजिल्ला शिक्षा कार्यालयले जिल्ला भरी एक १ सय ५० कक्षा सञ्चालनमा ल्याएको छ । प्रतिकक्षा १० जना विद्यार्थीहरु सहभागी भएका छन् । रकम मात्र जाँने तर साक्षर नहुँने चलन लाई चिर्नका लागी अव नतिजाको आधारमा मात्र तलव भुक्तानी गरिने जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले वताउनुभयो । जिल्लालाई साक्षर घोषणा गरिसकेपछि कोही पनि शिक्षा वाट वन्चित नहुँन भनी कार्यालयले यो अभियानलाई कडाईका साथ अगाडी वढाएको सिंहको भनाई छ ।

जसले विद्यार्थीलाई छिटो साक्षर वनाउँछ अनि मात्र तलव पाउँछ , नतिजा हेरेर मात्र तलव भुक्तानी गरिने कामलाई तिव्र पारिने उहाँको भनाई छ । विद्यालय जाँन वाट वन्चित भएका तर पढ्नलाई निकै रुची राख्ने , गरिवीका कारण पढाई छाड्न वाध्य भएका लाई यो कार्यक्रममले समेट्ने छ । याे तीन महिना चल्ने छ ।





error: Content is protected !!