विरामी वावुको सेहार गदै ५ वर्षीय कमला

हेमन्त के सी
पुस २६ जाजरकोट । खगेनकोट ९ की कमला पुन ९ महिनाको हुँदा उनकी आमाको घाँस काट्दै गर्दा भीरवाट लडेर मृत्यू भयो । अहिले उनी ५ वर्षकी भईन् । उनलाई स्याहार गर्ने हजुर आमाको मृत्यू भएको पनि करिव १ वर्ष पुग्न थाल्यो । कमलाको साथमा अहिले विरामी भई विच्छौनामा थलिएका २५ वषीय वावु लालवहादुर पुन छन् ।
विरामी वावुको सेहारमा ५ वर्षीय कमलाको आज भोली दैनिकी वित्ने गरेको छ । वावुलाई पानी,खाना र भित्र ,वाहिर हात समाएर उनै ५ वर्षीय कमलाले गर्छिन । कमलाको साथमा ७३ वर्षीय वृद्ध हजुर वा छन् । हजुर वा घरमा भएका गाई ,गोरु लाई घाँस काट्ने र अन्य घरको काम गर्न वेस्त हुन्छन् । कमलाका उमेरका सवै नजिकै रहेको विद्यालयमा पढ्न जाँन्छन् , कमला भने वावुको हेरचाहमै दैनिक कटन्ने गरेको सुनाउँछिन् । हजुर आमा छदा वावाको सवै हेरदेख उहाँले गर्नुहुथ्यो , उहाँको मृत्यू पछि सवै वावाको हेरचाह मैले नै गर्नुपरेको छ कमलाले भनिन् । म खाना पकाउन सक्दिन , कहिले काही भोक लाग्छ अनि आधा घण्टाको दुरीमा रहेको विद्यालयमा गई त्यहाँ पकाएको खाजा ल्याएर म खान्छु र वावालाई पनि दिन्छु कमलाले भनिन । राती भरी वावाको हेरचाह हजुर वा ले गर्नुहुन्छ दिउँसो भरी म गर्छु । कमलाका वावालाई छहारे रोग अर्थात “ चरिफाई ” लागेको स्पष्ट देख्न सकिन्छ । यो रोगका लागी हस्पतालमा लिएर उपचार गर्नुको ठाउँमा देवता लागेको भन्दै हहिले सम्मा १५ भन्दा वढी वोका देवतालाई काटी सकेको कमला हजुर वाले वताए । अहिले घरमा केही सम्पती छैन , कसरी उपचार गर्न लिऔ ७३ वर्षीय लीलवहादुर पुनले दुखेसो पोख्ये । पैसा छैन अव छोरा घरकै मर्ने भयो लीलुले भने । लालवहादुरका हात,खुट्टाहरु र अनुहार छहारे रोगले गर्दा मुछा परेपछि आगोमा पर्दा पोलिएर घाईते भएका छन् । दिनमा ३ पटक भन्दा वढी छहारे रोगका कारण वेहोस हुँने वावु लिलुको भनाई छ । आमा र वावु को माया पाउँन नसकेकी कमला अहिले २६ वर्षीय वावुको धरालो वस्न वाध्य छन् । उनका वावुको उपचारका लागी लागी यो पुन परवार संग न पैसा छ न त औषधी गर्न लिनलाई आफन्त नै ।
खगेनकोट गाविसको सवै भन्दा विकट वडा मंसिरीमा जाँन दल्ली स्वास्थ्य चौकी वाट एक दिन लाग्ने गर्छ । लालवहादुर लाई अहिल सम्मा स्वास्थ्य संस्थाको मुहार सम्म देखाईएको छैन । दैनिक धामी,झाक्री मात्र हेराउदा लालवहादुरको जीवन मृत्यूको नजिक पुगेको स्थानीय शिक्षक मनिशा सिंहले वताईन । पुर्व जन्ममा सन्तानले गरेको पाप अहिले यसले भोग्दैछ भनी गाउँलेहरुले कुरा काट्ने गरेको उनको भनाई छ । हस्पीटलमा लिएर उपचार हुँने रोगको समेत घरमै धामी,झाक्रीको भरमा पर्दा लालको जीवन वर्वाद हुँने अवस्था पुगेको देखिन्छ ।










