टाउँकोको मुल्य तोक्ने संग संगत गरेर नयाँ नेपाल वन्छ ? ओली

जाजरकोट

पुस २५ , हिजो जनयूद्धका वेला टाउकोको मुल्य तोक्ने संग संगत गरेर प्रचण्डले नयाँ नेपाल वनाउन नसक्ने विप्लव नेतृत्वको नेकपा— माओवादीका नेता हेमन्त प्रकास ओलीले आरोप लगाएका छन् ।

img_20170109_171629अहिलेको सत्ता भारत, अमेरिकाको ईसरामा चलेको समेत आरो लगाए । नेकपा — माओवादी जाजरकोटको चौथो अधिवेशनको उद्घाटन गदै ओलीले यस्तो आरोप लगाएका हुँन् । प्रचण्डले जनताको सपनामा खेलवाड गरेकाले हामी अव जनताको एजेण्डा पुरा गर्ने उनको तर्क छ । अहिले देशमा कर्मचारीले राजनीतिक नेतृत्व लाई चलाएका कारण नयाँ काम हुँन नसकेको उनको आरोप छ । प्रचण्डले गलत माक्सवाद पढेका र कार्यक्रतालाई त्यही गलत माक्र्सवाद पठाएका कारण देशमा परिवर्तन हुँन नसकेको ओलीको तर्क छ । जनताको पक्षामा काम गर्ने हाम्रो पाटीलाई दमन गरे प्रचण्डलाई हामी जनकारवाई गर्ने उनको चेतावनी छ । प्रचण्ड र वावुराम एकै सिद्धान्त भएका मालिक भएका कारण जनतालाई धोेका दिएको उनको आरोप छ ।

भ्रष्टहरुलाई मिलाएर पाटी निर्माण गदैमा नयाँ शक्ति नहुँने वरु पुरानो शक्ति हुँने उनको आरोप छ । अमेरिकाका नयाँ राष्टपती डोलान्स टाम्सलाई मुर्ख राष्टपती भनी उल्लेख गरे । अव उनी नयाँ हिटलर हुँने समेत आरोप लगाए । विश्वयूद्ध भएमा सवैलाई फाईदा हुँने जिकिर गरे । अर्का नेता गगनवहादुर खड्काले यो देशमा भष्टाचार ,दलाल, पुर्जीपती वर्गको अत्यन्त गरेमा आफुहरु क्रान्ति गर्न कुनै रहर नभएको वताए ।

हाम्रा जनयूद्धका लिडर भनिएका हरुले यो सवै काम गरेको भए आफुहरु छुट्टै पाटी खोल्न वाध्य नहुँने समेत जिर्किर गरे । अधिकांश समय माओवादी केन्द्रलाई गाली गर्न समय खचिएका उनीहरुले पाटीको भोली वन्द सत्र सञ्चालन हुँने जनाएको छ ।





error: Content is protected !!