कृर्षि प्रदर्शनी मेलामा ३२ जना कृषकहरु पुरस्कृत

नरेश राना

जाजरकोट २५ पौष । जिल्ला स्तरिय कृषि प्रदर्शनी मेला खगेनकोट –१ दल्लीमा ३२ जना कृषकहरु पुरस्कृत भएका छन् । विगत लामो समय देखि कृषि पेशामा आबद्घ भई गुणस्तर अन्न बाली एवं फलफूल उत्पादन गरेको भन्दै जिल्ला कृषि विकास कार्यालयले उक्त प्रदर्शनी मेलामा ३२ जना कृषकहरुलाई पुरस्कृत गरेको हो ।

ag
आठवटा अन्न बाली एवं फलफूल र अन्य उत्पादन विद्यामा उत्कृष्ट ३२ जना कृषकहरुलाई पुरस्कार वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख डा. श्रीराम घिमिरेले जानकारी दिए । आठवटा विद्यामा नगदेबाली, फलफूल, अन्नबाली, खाद्यान्न, बीउ बाली, दलहन, तरकारी, मह र अन्य गरि जम्मा आठवटा विद्यामा उत्पादन गरिएका र प्रदर्शनमा राखिएका उत्कृष्ट ३२ जना कृषकका उत्पादनलाई मुल्याङ्नको आधारमा छनौट गरि पुरस्कृत गरिएको घिमिरेले बताए ।
पुरस्कृत हुनेका आठवटै विद्यामा छनौटमा परेका चार, चार जना गरि जम्मा ३२ जना कृषक पुरस्कृत भएका थिए । उक्त कृषि प्रदर्शनी मेलामा झण्डै दुई सय ५१ जना कुषकहरुको कुषि उत्पादनलाई प्रदर्शन गरिएको थियो । तर मुल्याङ्को आधारमा ३२ जना कृषकहरुलाई छनौट गरि पुरस्कृत गरिएको हो । कृषि प्रदर्शनी मेलामा जाजरकोट र छिमेकी जिल्ला रुकुमका गरि झण्डै २५ सय दर्शकहरुले अवलोकन गरेका थिए ।
जिल्ला स्तरिय कृषि प्रदर्शनी मेला जिल्ला कृषि विकास कार्यालय, किसान परियोजना पहल कार्यक्रम, सुआहारा कार्यक्रम, उच्च मूल्य कृषि वस्तु विकास आयोजना र हिमालय समाज विकास केन्द्रको आयोजनामा जिल्ला स्तरिय कृषि प्रदर्शनी मेला सञ्चालन गरिएको हो । कृषि प्रदर्शनी मेलामा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाजकका संयोजक, गैसस महासंघका प्रतिनिधि, विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी, पत्रपत्रिका, अनलाइनका कार्यरत पत्रकारहरुको उल्लेख्य सहभागि रहेको आयोजकले जनाएको छ । भने जिल्ला स्तरिय कृषि प्रदर्शनी मेला आइतबार समापन भएको छ ।





error: Content is protected !!