भीरबाट खसेर एक बृद्घको ज्यान गयो

नरेश राना
जाजरकोट २५ पौष । डाँडागाउँ १ पालीको भाने भीरबाट खसेर एक बृद्घको आइतबार ज्यान गएको छ । ज्यान गुमाउनेमा डाँडागाउँ १ का ६५ वर्षिय भोटे पुन रहेका छन् । उनी दिउँसो १२ बजे बाख्रा चराउँन भएको बेला उक्त भीरबाट लडेर ज्यान गएको स्थानीय भवीलाल पुनले जानकारी दिए । भीरबाट करिब २ सय मिटर तल खसेर उनको मृत्यु भएको जनाईएको छ ।










