कश्मिरमा सेनामाथि हमलाः तीन सैनिकको मृत्यु

पुस २५ बीबीसी
भारत प्रशासित कश्मिरको अखनूर जिल्लामा एक हमलामा भारतीय सेनाका तीन जवान मारिएका छन् ।
बटालामा सेनाका जनरल इन्जिनियरिङ कोरका सैनिकमाथि गरिएको गोलीबारीमा तीन सैनिकको मृत्यु भएको हो । हमलाकर्ता भाग्न सफल भएको बीबीसीले बताएको छ ।
यसलाई चरमपन्थी हमला मानिएको छ । यद्यपी, सेनाले आधिकारिक रुपमा यसको पुष्टि गरेका छैन ।
घटनास्थलमा पूरा घेराबन्दी गरिएको छ ।
संदिग्ध हमलाकर्तालाई पक्राउ गर्नका लागि सेनाको सघन खोजी अभियान जारी छ ।
योभन्दा पहिले गत अक्टोबर महिनामा दक्षिणी जिल्ला शोपियामा चरमपन्थी हमलामा तीनजना घाइते भएका थिए ।










