नयाँ नेपाल निर्माणमा हातमा हात साथ मा साथ जौडौ

अन्जनी कुमार अधिकारी
पुस १७ ,साउदी अरब।
मियो बिना दाँई सम्भव छैन, हात मा हात मिलाएर देश मा एक मियो स्थापना गर्ने हो ।

                15870592_357453847961223_943110732_n नेपाली उखान टुक्काहरु बास्तवमै सान्दर्भिक छन । कुनै पनि उखान टुक्का हेर्ने हो भने कतै न कतै त्यो उखान ले मेल खाने पक्का छ । ति मध्यकै एक उखान हो । मियो बिना दाँई हुँदैनू हो बास्तवमै आज यो उखान हाम्रो देश को अवस्था सगा ठ्याकै मेल खाने भएको छ ।देश आज मियो नहुँदा अत्यन्तै दयनिय अवस्था बाट गुज्रीरहेको छ । देश को शासन सत्ता, को र कसको नियन्त्रण बाट सन्चालन भएको छ। अहिले को अवस्था मा बुझ्न गार्हो भएको छ । देश मा राज हुँदा देश को सम्पुर्ण अधिकार राज र राजदरवार मा निहित थियो र कुनै न कुनै बहाना मा राजसंस्था ले देश को सन्कटलाई आफ्नो बस मा लिएर नियन्त्रण गर्ने गरेको थियो तर अहिले हामी लोकन्त्रमा प्रवेश गरेर देश मा राजा को ठाउ मा राष्ट्रपती स्थापना गर्न सफल भयौ तर राष्ट्रपती कस्तो भने आलङ्कारिक राष्ट्रपती जो सग देश सन्चालन गर्न सक्ने वा भनौ देश मा देखिएको समस्यालाई आफ्नो नियन्त्रणमा लिएर समस्या को समाधान गर्न सक्ने अधिकार छैन सम्पुर्ण अधिकार जनता द्धारा निर्बाचित प्रधानमन्त्री सग छ तर बिडम्बना अस्थिर राज्य ब्यबस्था भएको हाम्रो देश , कुर्सी लिप्त राजनितीले अधिकार प्राप्त प्रधानमन्त्री स्थिररुप मा पाउन सकेको छैन ।देश अहिले दुइ ठुला चुनौती माझ गुज्रीरहेको छ एक सबिधान कार्यन्वयन गराउने र अर्को संघियता टुङ्गो लगाउने तर देश सन्चालन गर्ने जिम्मा पाएका र जनता सामु कसम खाएर काठमाण्डौ खाल्डो भित्र पसेकाहरु आफु स्वार्थ लिप्त हुँदै देशलाई अनिर्णय को बन्धि बनाएर जुगा मा ताउ लगाउदैछन ।हिजो आफु सत्तामा हुँदा माखो समेत नमार्नेहरु प्रतिपक्षी मा पुगेपछी देशलाई स्विजरल्याण्ड नै बनाउन लागे को सपना सडकबाट जनतालाई सुनाउछन । अनि हामी मुर्खा जनता पनि त्यसैको लहिलही मा लागेर सड्क तताउछौ आखिर यो सब कहिले सम्म किन र के का लागी हामि २१औ युग मा प्रवेश गरिरहेका छौ तर हाम्रो सोच भने पन्ध्रौ सताब्दिको छ त हामी ले खोजेको परिवर्तन कसरी सम्भव होला रु हिजो हामीले नै बिस्वास नगरेकाहरु आज हाम्रा मुद्धा काधमा बोकेर हाम्रो अधिकार दिलाउने ठेक्का लिदै हिडिरहेका छन के यो अवस्थामा हाम्रो अधिकार शुनिश्चित होला त रु हामी सबै कुरा को जानकार छौ तर दलिय झण्डा भन्दा माथी उठेर राष्ट्रीय झण्डा किन बोक्न सक्दैनौ रु बिश्वका सबै देश मा सत्ता पक्ष र प्रतिपक्ष छन तर किन हाम्रो नेपाल का सत्ता पक्ष र प्रतिपक्ष निषेध को राजनिती गरिरहेकाछन ।हाम्रो छिमेकी देश भारतलाई हेरौ दशकौ सम्म प्रतिपक्षी भएर बसेको भाजपा अहिले कसरी सत्ता मा पुग्न सफल भयो रु अमेरीका जस्तो देश जहाँ हिलारी क्लिन्टन जस्ती हस्ती नेतृलाई हराउदै डोनाल्ड ट्रम जस्तो नेतृत्व ले चुनाव आफ्नु पोल्टामा पार्नु को रहस्य किन हामी बुझ्न सक्दैनौ हामी ले जानी रहेको पढिरहेको इतिहास किन बिर्सिरहेका छौ ।धैर्यता, स्थिरता र जनभावना को कार्य गरे भोली सत्ता मा पुग्न सकिन्छ भने मानसिकता नेपाली नेता मा किन आउन सक्दैन र हामी जनता पनि असल नेतृत्व को चयन गर्न किन सकिरहेका छैनौ ।ूनेपाली हामी रहुला कहाँ नेपाल नै नरहेू हो अब हामी ले नेपाली बन्न नेपाल लाई बचाउनु पर्ने भएको छ अब तराई, पहाड र हिमाल जोड्न हामी एक हुनु पर्ने बेला भएको छ । अब नपाली नेपाली बिच को सद्धभाव लाई बचाइ राख्न हामी एक हुनु पर्ने बेला आएको छ ।हाम्रो नजर मा सिरिया, सुडान, इथोपिया जस्ता देश जोलन्त उदाहरण हुन जो जातिय लडाइ बाट तहसनहस भएका देशहरु हुन,त्यसैले हामी ले जातियतालाई होइन आफ्नु लोकतान्त्रीक अधिकार सस्थागत गर्ने मा जोड दिनुराम्रो हुन्छ । यदी हाम्रो अधिकार हाम्रो पहिचान सुनिस्चित हुन्छ भने हामी लि जातिय राज्य वा संघियता नै आबस्यक छ भन्नु केवल देशलाई एक खाडल मा हाल्नु सिवाय अरु केहि पनि नहोला ।अहिले देश जुन अवस्था को दलदल मा फसेको छ यो दलदल बाट मुक्ती दिन अबस्य पनि एउटा शक्ती केन्द्र वा भनौ देश को शासन नियन्त्रण गर्न सक्ने नेतृत्व को चयन गर्नु जरुरी देखिन्छ, मियो बिना दाँई सम्भव छैन । देश अहिले मियो बिना दाँई गरे झै कुनै नेतृत्व बिनै अगाडी बडिरहेको छ तेसैले अब जनता एक भएर मियो स्थापना को लागी आवाज बुलन्द गर्नु को बिकल्प छैन । हामी नत हिजो कसै को दास थियौ नत आज हुन्छौ नत भोली नै हुने छौ। हाम्रा यि हातहरु कोही सामु कहिले झुक्ने छैन ।त्यसैले अब को आबश्यकता हात मा हात मिलाएर देश मा एक मियो स्थापना गर्ने हो । चोरेको रोटी ले मेरो पेट भरिन्न्मागेको धोती ले मेरो लास छोपिन्नघोटिएर हात(पाउ झरिजाउन औंलातर कोइ अगाडी यि हात जोडिन्न । अन्जनी कुमार अधिकारी  समाजसेबी ,साउदी अरब।




सम्बन्धित समाचार


error: Content is protected !!