नगरपालिकाद्धारा सय भन्दा वढी अपाङ्गलाई न्यानो कपडा वितरण

जाजरकोट, पुस, १७ ।
यहाँको भेरीमालिका नगरपालिकाले एक सय भन्दा वढी अपाङ्ग लाई न्यानो कपडा वितरण गरेको छ । क र ख वर्गका अपाङ्गहरु लाई भेरीमालिका नगरपालिका कपडा वितरण गरेको हो ।
अहिले चिसो मौसममा केही राहत होस भनेर अपाङ्ग भएका व्यक्तिलाई न्यानो वलाङकेट वितरण गरिएको नगरपालिका कायकारी प्रमूख रामप्रसाद शर्माले जानकारी दिनुभयो । गाउँ,गाउँ ,वस्ती ,वस्ती गएर कपडा वितरण गरिएको हो । जिल्लामा अपाङ्ग भएका व्यक्तिलाई कपडा वितरण गरिएको यो पहिलो पटक हो ।
नगरपालिका भित्रका सवै अपाङ्गले चिसो मौसममा न्यानो कपडा पाएपछि निकै खुसी भएको वताएका छन् ।








