कार्यर्ताको गुनासो काँग्रेस विपीको वाटो हिडेन

जाजरकोट पुस १७
जाजरकोटका काग्रेसी कार्यकर्ताहरुले पार्टी विपी कोइरालाको वाटोमा नहिडेको गुनासो गरेका छन् ।राष्टिय मेलमिलाप दिवसका अवसरमा सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा उनीहरुले पार्टीका सस्थापक विपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवाद र राष्टिय मेलमिलापको नीतिको वाटोमा पार्टी हिड्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
देशमा लोकतन्त्र ल्याउनका लागि आधा सताव्दी भन्दा वढी समय संघर्ष गरेको पार्टी विपीको वाटो नहिडेकै कारण अहिले निकै समस्यामा परेको गुनासो गरेका छन्। उनीहरुले विपीको विचार एकातिर पार्टीको लाइन अर्कैतिर गएको भन्दै पार्टी नेतृत्वको चर्काे आलोचना समेत गरे ।
राजनैतिक क्रँन्ति मात्र नभएर देशको आर्थिक सम्वृद्धि र राष्ट्रियताको सवालमा विपीले लिएको वाटो र निती अहिले काग्रेस नेतृत्वले समात्न नसकेको कारण देशले अप्ठेरो अवस्था भोग्नु परेको उनीहरुको भनाइ थियो ।
विपी विचार राष्ट्रिय समाजको आयोजनामा सन्चालित अन्तरक्रिया कार्यक्रममा नेपाली काग्रेस जाजरकोटका सभापति दिपक जंग शाहले काग्रेसी कार्यकर्ताहरु पहिलेको जस्तो जुझारु र मिहनेती नभएका कारण विपीको विचार र नीति ओझेलमा परेको वताए ।
विपीले लिएको नीतीमा हिड्न नसक्ने नेता र कार्यकर्ताहरुको कारण आज पार्टी मात्र नभएर मुलुक नै अप्ठेरो मोडमा रहेको उनले वताए ।
काँग्रेस जजारकोटका पुर्व उपसभापति विनवहादुर सिंहले भाषण गर्ने वेला चर्काे चर्काे स्वरमा गर्ने तर काम नगर्ने चलनका कारण आज विपीले लिएको वाटोमा काँग्रेसी कार्यकर्ताहरुलाइ हिड्न गाह्रो भएको वताए । जनताले पटक पटक दिएको साथ, नेपालको सम्वृद्धिका लागि विपीले अंगालेको विचार र सिद्धान्तलाइ काँग्रेसका केन्द्र देखि गाँउसम्मका नेता कार्यकर्ताहरुले भुल्दै गएको आरोप लगाए ।
कार्यक्रमा नेपाल प्रेस युनियनका अध्यक्ष जनक केसी, नेपाल वार एसोसियसनका उपाध्यक्ष भीमवहादुर सिंह, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य खडकवहादुर वुढा, विपी विचार राष्टिय समाजका उपाध्यक्ष वेदराज सिंह, काँग्रेस क्षेत्रिय सभापति महेन्द्र शाह लगाएतले एमाले र माओवादीले उठाएको राष्टियताको मुद्धा देखावटी मात्र भएको भन्दै विपी कोइरालाले २०३६सालमा लिएको राष्टिय मेलमिलापको निती मा हिडे मात्र मुलुकको राजनैतिक संकट समाधान हुने धारणा राखे ।
देशको समस्यालाइ आन्तरिक रुपमै सुल्झाउनका लागि विपी कोइलाराले अंगालेको राष्टिय मेलमिलापको नितीलाइ अहिलेको काँग्रेसले इमान्दारीपुर्वक अंगालेर संविधान कार्यान्वयनको नेतृत्व गर्नुपर्ने उनीहरुले वताए ।
कार्यक्रममा सहभागि अन्य कार्यकर्ताहरुले नेपाली काँग्रेस सच्चा रुपमा विपीको वाटो हिडेको भए राष्टियता र राजनीति अप्ठेरोमा पर्ने अवस्था नआउने तर्क गरे । पार्टी नेतृत्वले विपीको नाम र विचारलाइ चुनावमा भजाउने साधन मात्र वनाएको उनीहरुको आरोप छ ।










