प्रधामन्त्रीले भने– प्रदेश टुक्र्याउने प्रस्तावको मस्यौदाकार म होइन ओली हुन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा पेश गरिएको संविधान संशोधन प्रस्तावको मस्यौदाकार आफू नभइ एमाले अध्यक्ष केपी ओली भएको बताउनुभएको छ ।
3
दाङको गोबरडिहा ६ स्थित राप्ती नदीमा बन्न थालेको पुल शिलान्यास गर्दै उहाँले भन्नुभयो– ‘अहिलेको प्रस्ताव प्रधानमन्त्रीको आविष्कार हो कि जस्तो गरेर प्रचार भइरहेको छ, त्यस्तो होइन’– उहाँले थप्नुभयो– ‘कांग्रेस एमालेको सरकार रहँदा उहाँहरुले ल्याएको प्रस्ताव हो यो, अझ व्यक्तिगतरुपमा भन्नुहुन्छ भने यो प्रस्ताव बनाउने नै केपी ओलीजी हो ।’
4
संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि पहिलोपटक प्रदेश नम्बर ५ मा पुग्नुभएका प्रधानमन्त्रीले ५ प्रदेश टुक्र्याउने प्रस्ताव पहिले कांग्रेस एमालेले नै ल्याएको बताउनुभयो । ओलीले एक ठाउँमा नभई नौ वटा पेजमा हस्ताक्षर गरेर अघि सारेको प्रस्ताव नै आफूले अहिले अघि सारेको उहाँले दावी गर्नुभयो ।
6
अहिले मधेशी, थारु र मगर समुदायलाई थोरै क्लष्टर मिलाइदिंदा राष्ट्रघात भयो भनेर आन्दोलन गर्नु वितण्डा भएको दावी गर्दै प्रधानमन्त्री प्रचण्डले थप्नुभयो– ‘के हिजो प्रदेश नम्ब २ तराइमा मात्र राखेर राष्ट्रघात गर्न खोजिएको हो ? यो राष्ट्रवाद र राष्ट्रघातको सवाल नभई, मधेशी, थारु र जनजातिलाई अधिकार दिने थोरै प्रयास मात्र हो, यसले राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ ।’
6
यो प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने पनि उहाँले बताउनुभयो । आफूले हिमाल, पहाड र तराइबीच राष्ट्रिय एकता काम गर्दै संविधान कार्यान्वायनका लागि संविधान संशोधन प्रस्ताव पेश गरेको उल्लेख गर्दै उहाँले संसदीय प्रक्रियामा प्रवेश गरिसकेको संशोधन प्रस्ताव संसदीय प्रक्रियाभित्रै संशोधन हुनसक्ने तर फिर्ता भने कुनै पनि हालतमा नहुने बताउनुभयो ।

प्रदेश राजधानी दाङ नै उपयुक्त

2
माआवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले निर्णय नगर्दासम्म आफूले आधिकारिकरुपमा भन्न नमिले पनि आफ्नो पार्टीले दाङलाई नै प्रदेश नम्बर ५ को केन्द्र स्वीकार गरिसकेको बताउनुभयो । ‘हामीले दाङ नै प्रदेश केन्द्र सही हुन्छ भनेर पार्टीको प्रदेश कार्यालय स्थापना गरिसकेका छौं र अहिले उच्च अदालतको मुकाम पनि दाङ तोकिसकेका छौं, प्रदेश संरचना जस्तो भए पनि उपयुक्त केन्द्र दाङ नै हो, अहिलेको संशोधन पारित भयो भने अझ यो सुनिश्चित हुने छ ।’

सिस्ने अनलाईनवाट ।





error: Content is protected !!