परे पार्टी छाड्छु आन्दोलन छाड्दीन : चन्द्र भण्डारी

काठमाडौं २२ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्र भण्डारीले सरकारले तयार पारेको चारबुँदे संविधान संशोधन प्रस्ताव असफल बनाउने बताएका हुने । उनले पार्टी छाड्ने तर त्यस विरुद्धको आन्दोलन नछाड्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै नेता भण्डारीले पहाड, हिमाल र तराई अलग गराउनेगरी आएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा मान्य नहुने बताए । उनले जनता र जनप्रतिनीधिको भावना अनुसार निर्णय गर्नुपर्छ भन्दा पार्टीले कारावाही गरे भोग्न तयार रहेको बताए । ‘पार्टीले अहिलेसम्म आन्दोलनमा नजान निर्णय गरेको छैन’ भण्डारीले भने, ‘यदी जनताको चाहाना अनुसार अगाढी बढ्दा कारवाही हुन्छ भने भोग्न तयार छु । ’

यदि कांग्रेस पाँच नम्बर प्रदेश टुक्राउने पक्षमा लागेर संसदमा संशोधन प्रस्ताव दर्ता गराए पार्टी परित्याग गर्ने चेतावनी पनि उनले दिए । संशोधन प्रस्ताव संसदबाट पास भए सांसद पद परित्याग गरेर जनतासँगै आन्दोलनमा जाने उनको प्रतिबद्धता छ ।

भण्डारीले भने ‘मेरो देश, मेरो लोकतन्त्र र हाम्रा जनता भन्दा म ठूलो होइन । मेरो पद ठूलो होइन । मलाई यो आवश्यकता नै छैन । म सधैं मेरो देश, जनता र प्रजातन्त्रका निम्ति एक्लै परेपनि उभिन तयार छु । म लड्न तयार छु मलाई केही कुराले छुँदैन ।’

सरकारले मधेसका माग सम्बोधनका लागि ५ नम्बर प्रदेश टुक्रयाउनेगरि संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरिहँदा प्रमुख प्रतिपक्षी एमालेसहित सत्तारुढ दलभित्रैबाट विरोध भइरहेको छ ।





error: Content is protected !!