फोन गर्न चार घण्टा हिडेर टावर हेदै वित्छ समय

 हेमन्त के सी
जाजरकोट , मंङ्सिर २२ । यहाँको जुम्लाको सिमाना संग जोडिएको राकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयहरु फोन गर्न चार घण्टा हिड्र्ने पर्ने वाध्यता रहको छ ।

जिल्लाको अति विकट वस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयहरु देशमा जुन व्यवस्था आएपनि आफुहरुलाई छुन नसकेको वताउने गरेको छन् । रोकायगाउँ १ र २ पर्ने यि दुई गाउँका स्थानीयहरु चार घण्टा हिडेर रम्सिल आएर फोन गर्ने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले वताउनुभयो । आफुले फोन गर्न खोजेमा ४ घण्टा हिडेर फोन गर्ने तर वाहिर वाट फोन आउने कुरा वन्द हुँने गरेको उहाँले वताउनुभयो । दिनभरी त्यही वसिरहने कुरा भएन ? चार घण्टा हिडेर पनि नायकवाडाको रतनकोटको स्काई टावरले विहान र वेलुका काम गदैन , दिउसो मात्र काम गर्ने भएकाले निकै तनाव हुँुने गरेको स्थानीय नीमवहादुर शाहीले वताउनुभयो । घाम लागेपछि मात्र काम गर्दा आवश्यक परेको वेला नेटवर्कको पहुँच भएको ठाउँमा समेत फोन नपाएको स्थानीयले वताएका छन् । हातमा घडी हेरेर मात्र फोन खाल्नु पर्ने वाध्यता रहेको छ । जिल्लाका सञ्चारमाध्यमको पनि पहुँच नहुँदा यहाँका स्थानीयहरु सुचना वाट वन्चित भएको गुनासो गरेका छन् । फोनको अवस्था सुधार्न पटक ,पटक सम्वन्धित निकायलाई अनुरोध गर्दा पनि सुनुवाई नभएको नायकवाडा ७ का जनक शाहीले वताउनुभयो । सजिलै रिचार्ज कार्ड नपाईने यस ठाउँवाट सदरमुकाम आउँन २ दिन भन्दा वढी लाग्छ ।

जिल्लाको भगवती,दह,मोर्क लगाएतका ठाउँमा टेलिफोनको निकै समस्य हुँने गरेको छ । फोनको समस्य वारे सवैलाई जानकारी गराएपनि सुनुवाई नभएको स्थानीयको आरोप छ ।





error: Content is protected !!