दुई सय पाँच राउन्ड गोली सहित ८ जना पक्राउ

मंसिर २१ जाजरकोट । यहाँको प्रहरीले दुई सय पाँच राउन्ड गोली फेला परेको छ । जाजरकाट आउँदै गरेको गाडीमा सवार खगेनकोट–३ का मिलन शाहीको झोलाबाट दुई सय पाँच राउन्ड गोली मंगलबार छेडाबाट प्रहरीले बरामद गरेको हो । प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले गाडीमा सवार दुई महिला सहित ८ जनालाई जिल्ला सदरमुकाम ल्याइएको छ । छेडा सदरमुकामबाट ४० किलोमिटर पश्चिममा पर्दछ । मिलन सहित उक्त गाडीमा चढेका ८ जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।
यसरी फेला पर्यो गोली
झाप्रा स्थित एक विद्यालयको कामको शिलशिलामा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनञ्जय आचार्य तथा स्रोत ब्यक्तिहरु टेकबहादुर थापा र भक्त बहादुर मल्ललाई दशेराको थलहबजार वाट गाडीमा चढेर सदरमुकाम तर्फ आउँदै गर्दा मिलन पनि सोही गाडीमा लिष्ट मागेर चढेको प्रहरीले वताएको छ । मिलनको साथमा रहेको एम सिक्सटिन अथवा इन्सास राइफलको गोली हुन सक्ने प्रहरीले जनाएको छ । मिलन नेत्रविक्रम चन्द निकट माओवादी कार्यकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।










