कुलमानलाई असहयोग गर्ने सञ्चालकविरुद्ध उर्जामन्त्रालयको सार्वजनिक सूचना

२१ मंसिर, काठमाडौं । प्रमुख कुलमान घिसिङाई असयोग गरेको भनिएका नेपाल विद्युत् प्राधिकरणका सञ्चालकले उर्जा मन्त्रालयको स्पष्टिकरणपत्र बुझ्न अस्वीकार गरेपछि मन्त्रालयले उनीहरुलाई सार्वजनिक सूचनामार्फत स्पष्टिकरण मागेको छ ।

लोडसेडिङ मुक्त काठमाडौंका अभियान्ता कुलमानलाई असयोग गरेका भनिएका सञ्चालकहरु मनोज मिश्र, सुरज लामिछाने र लक्ष्मणप्रसाद अग्रवालले मन्त्रालयले पठाएको स्पष्टिकरण पत्र बुझ्न अस्वीकार गरेपछि उनीहरुसँग सार्वजनिक सूचना जारी गरेर स्पष्टिकरण मागिएको हो ।

nea-sanchalak

पदीय दायित्व पुरा र कार्यसम्पादन नगरेको भन्दै ऊर्जाले गत शुक्रबार मिश्र, लामिछाने र अग्रवाललाई स्पष्टिकरण सोधेको थियो ।

उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत् प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जासचिव अनुपकुमार उपाध्यायले नेपाल विद्युत् प्राधिकरण ऐनअनुसार काम कर्तव्य पूरा नगरेको, सञ्चालकको हैसियतले कार्यसम्पादन नगरेको पाइएको भन्दै ३ जना सञ्चालकमाथि स्पष्टिकरण सोधेका थिए । तर उनीहरुलाई पठाइएको पत्र बुझ्न नमानेको र परिवारलेपनि आलटाल गरेको श्रोतले बताएको छ ।

मंगलबार निकालिएको सार्वजनिक सूचनामा स्पष्टिकरण पेश नगरे वा सन्तोषजनक नभए कारवाही अघि बढाउने उल्लेख छः

urja-mantrayalaya-notice

पृष्ठभूमि

काठमाडौं उपत्याकालाई लोडसेडिङ मुक्त गराएर चमत्कार गरेका प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङमलाई नेपाल विद्युत् प्राधिकरणका सञ्चालकहरुले कार्यकारी निर्देशकलाई असहयोग गर्न थालेको बताइन्छ। सञ्चालक र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विभिन्न आयोजना अघि बढाउनका लागि कम्पनी गठन गर्ने विषयमा विवाद बढेपछि प्राधिकरणका केही निर्णय प्रभावित हुने अवस्था समेत आइसकेको छ ।

पछिल्लो समयमा मनोज मिश्र, लक्ष्मण अग्रवाल र सुरज लामिछानेले कार्यकारी निर्देशकले ल्याएको प्रस्ताव पारित गर्न असहयोग जनाएका थिए । कम्पनी प्रारुपमा आयोजना बनाउने कार्यकारी निर्देशकको योजनालाई सञ्चालकहरुले अस्वीकार गरेपछि विवाद बढेको हो ।

प्राधिकरण सञ्चालक समिति बैठकमा विद्युत् व्यापार कम्पनी गठन गर्ने र अन्य आयोजना कम्पनी प्रारुपमा अघि बढाउने कार्यकारी निर्देशकको प्रस्तावलाई सञ्चालकहरुले असहयोग गरेको स्रोतको भनाई छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युत व्यापार गर्न बेग्लै कम्पनी गठन गर्ने, आयोजना अध्ययन गर्न इन्जिनियरिङ कम्पनी बनाउने, माथिल्लो अरुण, दुधकोसी, तामाकोसी ५, माथिल्लो मोदी, उत्तरगंगालगायत जलविद्युत् आयोजना कम्पनीमार्फत अघि बढाउने योजना अघि सारेका थिए । तर उनले अघि सारेको प्रस्ताव सञ्चालकहरुले अवरोध गर्दा पारित हुन सकेन ।

nepaliheadlines





error: Content is protected !!