स्वर्गीय पत्रकार शाहीका छोरा सविनलाई छात्रबृत्ती

jajajजाजरकोट । नायकवाडा ७ जाजरकोटका स्वर्गीय पत्रकार बीरबहादुर शाहीका छोरा सबिन शाहीलाई फ्रेन्च एसोसियसन (जेनिशा एसोसिएसन) फान्सले कक्षा दश सम्मका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

६ वर्षीय सविन हाल नोबेलिस्ट बोर्डिग खलंगामा नर्सरीमा अध्ययन गरिरहेका छन् । आमाको संरक्षणमा रहने गरी सिटिजेन्स बैंक जाजरकोट शाखामा खाता खोलीएको र प्रत्येक महिना २५ सयका दरले छात्रवृत्ति रकम प्रदान गरिने एसोसियसन सम्बद्ध तिलक बोहराले बताउनुभयो ।

एसोसियसनले छोराको लागि छात्रवृत्ति प्रदान गरेपछि आफ्ना बालबालिकाको हेरचाहका लागि सहज भएको शाहीकी पत्नी सरस्वती शाहीको भनाई छ । पत्रकार शाहीको ३ वर्ष अघि घर बनाउने काठ काट्न जाँदा रुख ढलेर ज्यान गएको थियो ।





error: Content is protected !!