छोराको हत्या गर्नेलाई सर्वोश्व सहित आजीवन कारावास

जाजरकोट, १५ , मंसिर ।
परपुरुष सँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वोश्व सहित आजिवन कारावासको सजाय हुने भएको छ । भेरीमालिका नगरपालिका १३ कुदु की कमला वि.क.लाई यस्तो सजाय सुनाईएको हो । जिल्ला न्यायधिस लिलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो ।
कमलाका पति राजु विक बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया गएका छन् । पति बैदेशिक रोजकारीमा गएका बेला परपुरुष सँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिईन । उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यस अघि नै प्रहरीले पक्राउ गरि र्पुपक्षका लागी कारागार चलान गरेको थियो ।



