आगोको भिल्काले खरको छानो भेटाउँदा घर जल्यो

हेमन्त के सी
जाजरकोट, १५ मंसिर । यहाँ आगलागीवाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको भेरीमालिका नगरपालिका–२ पोखराको बिर्कुलामा बुधवार आगलागी घर जलेर नष्ट भएको छ । आगलागी भएको घरको आगो निभाउन समस्य भएपछि जलेर नष्ट भएको हो ।

पोखराको बिर्कुलामा बस्दै आएका राम जंग शाहको घरमा बिहान भएको आगलागीले घर जलेर नष्ट भएको हो । आगलागी भएको घरवाट कुनै पनि माल सामानहरु बचाउन नसकिएको पिडितले वताएका छन् ।
घर भित्र रहेका मान्छेले प्रयोग गर्ने सम्पूर्ण लत्ताकपडा, भाडाकुढा, अन्न जलेर नष्ट भएको बताईएको छ । जलेर नष्ट भएका लत्ताकपडा, भाडाकुढा र अनाजपानी गरि जम्मा जम्मी १ लाख ५० हजार बराबरको क्षेति भएको अनुमान गरिएको छ ।

घरका ठुला मान्छे बिहानै उठेर दाउरा घाँस गर्न जंगलमा गएको वेला घरमा रहेका साना वालबच्चाहरुले चुलोमा आगो बाल्ना खोज्दा खरले छाएको छाने घरमा आगोका झिर्का गएर आगो लागेको वताईएको छ । आगलागी भएपछि घर भित्र रहेका बालबालिकाहरु सकुशल भाग्न सफल भएका थिए ।





error: Content is protected !!