सरकारी कार्यालयमा १ सय ३५ कर्मचारीको दरवन्दी रिक्त

jajarkot-pdistrictजाजरकोट। जाजरकोटका विभिन्न ७ सरकारी कार्यालयमा १ सय ३५ कर्मचारीको पद रिक्त भएको छ। सरकारी कार्यालयहरुका अनुसार कार्यालयमा दरबन्दी अनुसार कर्मचारीहरुको पदपूर्ति हुन नसक्दा सेवामा प्रवाहमा कठिनाइ हुने गरेको छ ।

दरवन्दी अनुसारका कर्मचारी पदपुर्ति हुन नसकेका जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रमुख सहित २१ जना, जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटमा कार्यालय प्रमुख सहित ४ जना, जिल्ला अस्पताल जाजरकोटमा प्रमुख मेडिकल सुपरिडेन्ट सहित ३६ जना तथा मातहतका विभिन्न स्वास्थ्य संस्थाहरुमा ४८ जना, जिल्ला वकिल कार्यालयमा जिल्ला न्यायाधीवक्ता सहित ५ जना, जिल्ला मालपोत कार्यालयमा ४ जना, नेपाल खाद्य संस्थान शाखा कार्यालय तथा डिपो मातहतका कार्यालयमा ४ जना, जिल्ला कृषि विकास कार्यालयमा १० जना, जिल्ला शिक्षा कार्यालयमा ३ जना लगायतका अन्य सरकारी कार्यालयहरुमा गरि १३५ जना कर्मचारीको पद रिक्त रहेको सम्बन्धित सरकारी कार्यालयले जनाएका छन ्।

सबैभन्दा बढी जिल्ला स्वास्थ्य कार्यालय र त्यस अन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाहरु कर्मचारीहरुको पदपुर्ति हुन सकेको छैन। जिल्लामा यति धेरै कर्मचारीहरुको पदपुर्ति हुन नसक्नु दुर्भाग्य भन्दै सम्बन्धित निकायले समयमै समस्या समधान गर्नतर्फ लाग्नुपर्ने नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए।





error: Content is protected !!