दक्षिण कोरियाली राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा

मंसिर, एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हेले आफू पद छोड्न तयार रहेको बताएकी छिन् । राष्ट्रपति हे ले आफूले संसदलाई मार्ग प्रशस्त गर्ने विधीबारे सहयोग गर्न आग्रह गरेको समेत जानकारी दिएकी छिन् ।

उनले संसदले आफूलाई दिने उपाय लगत्तै पद छोड्ने घोषणा पनि गरेकी छिन् ।

दक्षिण कोरियाकी राष्ट्रपति
दक्षिण कोरियाकी राष्ट्रपति

पदको दुरुपयोग गर्दै आफ्ना एक निकट साथीलाई राजनीतिक प्रभाव प्रयोग गर्दै ब्यक्तिगत फाइदा गर्ने अनुमति दिएको आरोप उनीमाथि लागेको छ । उनको राजिनामा माग गर्दै प्रदर्शनहरु भैरहेका छन् ।

हेले भनेकी छिन्, “मैले मेरो पदावधी घटाउने देखि सबै मेरो भविष्यको निर्धारण गर्ने जिम्मा संसदलाई दिएकी छु” । प्रमुख प्रतिपक्षी दलले पार्कलाई महाअभियोग लगाउन माग गरिरहेको छ । संसदले सरकारविहिनताको अवस्था नहुने अवस्था सृजना गरेकै दिन आफूले राजिनामा दिने उनले घोषणा गरेकी छिन् ।





error: Content is protected !!