अखिल (क्रान्तिकारी) को जागरण अभियान उद्घाटन

3सुर्खेत । नेकपा (माओवादी केन्द्र) को अखिल (क्रान्तिकारी) सुर्खेत जिल्ला समितिको आयोजनामा ४५ दिने क्रान्तिकारी विद्यार्थी जागरण अभियान उद्घाटन भएको छ ।

मंगलबार विहान एक कार्यक्रमको आयोजना गरी क्रान्तिकारीले अभियानको उद्घाटन गरेको हो । अभियानको उद्घाटन तथा एकता भेलाको क्रान्तिकारीले सुर्खेतमा संयुक्त उद्घाटन गरेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश नंं ६ का संगठनका संयोजक तथा केन्द्रीय सचिव केशव शाहीले देश माओवादीको एजेण्डामा संचालन भएको भन्दै विद्यार्थीको नेतृत्व पनि अखिल (क्रान्तिकारी) ले गर्ने बताए ।

देशैभरी क्रान्तिकारीमा विद्यार्थीको लहर चलिरहेको भन्दै उनले माओवादी केन्द्रका एजेण्डाहरुलाई विद्यार्थी मार्फत देशका कुनाकुनामा फैलाउनका लागि पनि यो अभियान सुरु गरिएको बताए । संविधानको जन्म दिने माओवादीले त्यसलाई हुर्काउने जिम्मेवारी पनि लिएको भन्दै संविधान कार्यान्वयनका लागि क्रान्तिकारी विद्यार्थीहरु लाग्नुपर्ने शाहीले बताए ।

कार्यक्रममा प्रशिक्षणमूलक मन्तव्य राख्दै पार्टी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य ठम्मर विष्टले मुलुकमा राजनीतिक परिवर्तनमाओवादीको बलमा भएको भन्दै माओवादीको खुट्टा तान्नेहरुका बिरुद्ध अभियानले धावा बोल्न सक्नुपर्ने बताए ।

विष्टले माओवादीका एजेण्डाहरु नै स्थापित भएको भन्दै एमालेले राष्ट्रवादको नाममा जनतालाई अधिकार दिन नखोजेको र काँग्रेसले भ्रष्टाचार नियन्त्रणमा अवरोध गरेको भन्दै यी विषयहरुलाई तल्लो तहसम्म लैजानुपर्ने बताए । कार्यक्रममा पार्टी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य लोकेन्द्र्र राना, विद्यार्थीका सुर्खेत इन्चार्ज अजित बौडेल, सहइन्चार्ज देवीचन्द्र उपाध्याया लगायत केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

यो अभियान अन्तर्गत संगठन विस्तार,सुद्धिकरण लगातका काम गरिने अखिल (क्रान्तिकारी) ले जनाएको छ ।





error: Content is protected !!