सुमन भाइदेखि लम्पसारवादसम्म, कुलमानदेखि लोकमानसम्मः जे यतिबेला चर्चामा छन्

 २०७३ यसपटक इन्टरनेटमा सबैभन्दा ठूलो भाइरल नेपाली समाजले देख्यो( तरकारीवालीका रुपमा। यसभन्दा अघि सोसल मिडियामा यो अनुपातमा सायदै कुनै विषय भाइरल भएको छ। पहिला सोसल मिडिया र पछि मूलधारका मिडियामा चर्चामा रहेको यो विषयले भाइरल के हो भन्ने जिज्ञासा पनि जगाइदियो।

विषयहरु कहिले सोसल मिडियाबाट आउँछन् त कहिले मूलधारका मिडियाबाट। जब धेरै व्यक्तिले एउटै विषयमा चर्चा गर्न थाल्छन् ती सार्वजनिक बहसका विषय बन्छन्। गएका केही सातादेखि सार्वजनिक बहस बनेका यस्ता केही विषयलाई थाहाखबरले प्रस्तुत गरेको छ।

१. लम्पसारवाद

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन सरकारले सार्वजनिक बिदा दिएसँगै लम्पसारवाद शब्द चर्चामा आयो। सोसल मिडियामा यो शब्द जोडेर स्ट्याटसमात्र लेखिएन मूलधारका मिडियामा लेखहरु समेत छापिए।

त्यसो त सरकारले कात्तिक ११ गते नै छिमेकी चीन र भारतका राष्ट्राध्यक्षहरु नेपालको औपचारिक भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो। भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणका क्रममा ट्राफिक व्यवस्थापन गर्न अप्ठ्यारो हुने र १८ वर्षपछि हुन लागेको भारतीय राष्ट्राध्यक्षको भ्रमणमा राष्ट्रिय सम्मान पनि हुने तर्क गर्दै सरकारले सार्वजनिक बिदा दिएको थियो।

काठमाडौंका सडकमा सवारी आवागमन अवरुद्ध बनाइएको र पैदलयात्रुलाई समेत रोक लगाइएको भन्दै सोसल मिडियामा सरकारको तीब्र विरोध भएको थियो। कैलाशकुमार सिवाकोटी थाहाखबरमा लेख्छन्( सरकार र उसका दलहरू छिमेकीको जीहजुरीमा विश्वास गर्छन्, जुन कुरा नागरिकको चाहना थिएन, होइन र हुन पनि सम्भव छैन। त्यसमाथि महामहिममाथि जुन सत्कार शैली अवलम्बन गरियो, त्यो बिल्कुल लम्पसार प्रवृत्तिको थियो।

संगीता मरहट्टाले ुहाय।।। लम्पसारवाद, सुजाता दिदी र बहिरो सरकारु शीर्षकमा लेख लेखेकी छन् भने रुपचन्द्र अधिकारीले ुअर्थात् लम्पसारवाद १ु शीर्षकमा लेख लेखेका छन्। नहेन्द्र खड्काले यो चर्चित शब्दबारे लेख लेखेका छन्( के हो लम्पसारवाद रु को हो लम्पसारवादीरु अनलाइनखबरले लम्पसारवादलाई गत शुक्रबार निधन भएका क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोसँग जोडेर हेडलाइन लेखेको छ( ‘लम्पसारवादी’लाई क्यास्ट्रोको शिक्षाः साना देशको स्वाभिमान सम्भव छ १

२. हनुमानजी

ट्‍विटरमा कतिपयले हन्मानजी लेख्छन् भने कसैले हनुमानजी। जे लेखे पनि यो शब्दको तार भने फिल्म ुपशुपतिप्रसादु सँग जोडिन्छ।

पशुपतिप्रसादमा एक पात्र छन् हनुमान। हनुमानको भूमिका निर्वाह गरेका छन् कलाकार रवीन्द्रसिंह बानियाँले। फिल्ममा मूख्य भूमिका रहेका खगेन्द्र लामिछाने केही समस्या पर्‍यो वा केही भन्नुपर्‍यो कि हनुमानकहाँ गइहाल्छन्।

सोसल मिडियामा ुहनुमानजीु लेख्नेहरुले हनुमान भनेर कसलाई सम्बोधन गरेका हुन् ठम्याउन सजिलो छैन तर धेरै ट्विट तथा फेसबुक स्ट्याटसहरुमा हनुमान भनेर ुअन्धभक्तु लाई लक्षित गर्न खोजेको देखिन्छ।

३. सुमन भाइ

हिजोआज फेसबुक ट्विटरमा चर्चित बनेको छ ुसुमन भाइु। तर धरैलाई थाहा नहुन सक्छ सुमन भाइ भनेको के हो र कुन सन्दर्भमा यो चर्चामा आयो। उदाहरणका लागि विश्व भण्डारीले ट्विटरमा यो सुमन भाइ भनेको के हो भनेर जिज्ञासा राखेका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ुसुमनसँगु कार्यक्रमको अन्तर्वार्तामा कन्चन शर्मा रेग्मीले प्रस्तोता सुमन खरेललाई पटक पटक ुसुमन भाइु सम्बोधन गरेकी थिइन्। अन्तर्वार्ता प्रसारण हुँदाको भोलिपल्ट उनीप्रति सहानुभूतिमा उत्रिएका सोसल मिडियाका प्रयोगकर्ता पर्सीपल्ट देखि फेरि विरोधमा उत्रिए अन्तर्वार्तामा कञ्चनले झुट बोलेको भन्दै। कार्यक्रमका प्रस्तोता सुमन खरेलदेखि अन्तर्वार्ता दिने कञ्चनसम्म सोसल मिडियामा आलोचनाको तारो बने। कार्यक्रमको चर्चको आलोचनाका बिच प्रस्तोता सुमन खरेलले दोस्रो कार्यक्रममा क्षमायाचना पनि गरे।

४। नखुलेको आकाश खुलेर आयो‘ फेसबुकमा ुनखुलेको आकाश खुलेर आयो‘ु लेखेर खुलेर आयोसँग अन्त्यानुप्रास मिलाउँदै कवितात्मक भाव लेख्नु पनि हिजोआज फेसन बनेको छ। यो वाक्यांश पनि कान्तिपुर टिभीकै कार्यक्रम ुसुमनसँगु सम्बन्धित छ। कार्यक्रममा अतिथि कञ्चन शर्मा रेग्मीले एउटा कविता वाचन गरेकी थिइन्। नखुलेको आकाश खुलेर आयो । ऊ शायद यो बाटो भुलेर आयो । झर्यो त के भो त्यो जाइ र जुही, यो पलास मनमा फुलेर आयो । न त तर्न सक्नु न डुब्न सक्नु, यो भेल कस्तो हो उर्लेर आयो । उनीलाई भुल्न उठाएँ प्याला, तर त्यो प्यालामा आँसु घुलेर आयो ।

उनले आफ्नो रचना भन्दै वाचन गरेको यो गजल रवि प्राञ्जलले लेखेको खुलेपछि यसको चर्को आलोचना भयो। आलोचनामात्र भएन, कार्यक्रमप्रति व्यंग्य गर्दै फेसबुक ट्विटरमा कवितात्मक पंक्ति लेख्न थालियो। कतिपयले सोमबार बिहानको भूकम्पको धक्कालाई पनि यही पंक्ति प्रयोग गरे।

५. गोविन्द केसी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसी लामो समयदेखि चर्चाको शिखरमा छन्। उनीमात्र चर्चामा छैनन् अनशन शब्द पनि चर्चामा छ।

उनले दशौँपटक बसेको अनशन आज १५ औँ दिनमा जारी छ। मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रका अनियमितता विरुद्ध लडेको बताउने डा. केसीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने माग गरेका थिए। पछिल्लोपटक उनले चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त डा। केपी सिंहको राजीनामा र त्रिवि उपकूलपति तीर्थ खनियाँको बर्खास्तीको माग गरेका छन्।

सरकार र डा. केसीका प्रतिनिधिबीच केही दिनदेखि वार्ता हुँदै आएको छ तर निष्कर्ष निष्कर्ष सकेको छैन। डा. केसीको अनशनकै सिको गर्दै झापामा एक सामाजिक अगुवाले केही समयअघि अनशन थालेका थिए।

६. तरकारीवाली

गोरखा भुम्लीचोककी कुसुम श्रेष्ठको हरियो कुर्ता लगाएर गोलभेडाको क्रेट बोकेको फोटो केही समयअघि तरकारीवालीका रुपमा सोसल मिडियामा भाइरल बन्यो।

चितवनको क्वेस्ट कलेजमा कक्षा ११ मा पढ्ने कुशुमको अन्तर्वार्ता लिन वरिष्ठ पत्रकारहरु पनि अघि सरे। कहिल्यै मिडिया फेस नगरेकी कुसुमभन्दा बढी कार्यक्रमका प्रस्तोताहरु नै बोले। र, पनि कुसुम रातारात हिट बनिन्। सुरुसुरुमा उनी को हुन्, उनको फोटो कसरी खिचियो भन्नेमा चासो रहे पनि जब उनका बारेमा लेख्न मिडियाहरु तछाँडमछाड गरे, तब उनको अन्तर्वार्ता लिइएका कार्यक्रम आलोचनाको शिकार बने।

कुशमलाई मोडेलका रुपमा प्रस्तुत गर्दै उनले फिल्म खेल्न लागेको चर्चा पनि गरियो। अहिले युट्यूबमा कुसुमको अन्तर्वार्ता भन्दै कयौँ भिडियो अपलोड भएका छन्। तरकारीवाली भाइरल बनेपछि सोसल मिडियामा आफ्नो फोटो अपलोड गर्दै फोटोको सन्दर्भ मिल्ने गरी मोबाइलवाला, घाँसवाला, समाचारवाला आदि इत्यादि लेख्ने फेसन पनि खुब चल्यो।

अहिले भने विषयहरु फेरिएका छन् र कुशुम सामान्य जीवनमा फर्केकी छन्। मिडिया र सोसल मिडियामा उनको चर्चा कम हुँदै गएको छ।

७. संविधान संशोधनको ‘औचित्य’

एकातिर सरकार मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै संविधान संशोधनको तयारीमा छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने भन्दै संशोधनको विपक्षमा उभिइरहेको छ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विदेशीको उक्साहटमा गिराइएको दावी गर्दै आएको एमालेले राष्ट्रियता खतरामा रहेको तथा अरुलाई खुसी पार्न संविधान संशोधन गर्न लागिएको आरोप लगाउँदै संशोधनको विपक्षमा मत राख्दै आएको छ। सोसल मिडियामा त छँदै छ मूलधारको मिडियामा पनि यो विषय चर्चामा छ।

८. नो लोडसेडिङ

अघिल्ला वर्षहरुमा लोडसेडिङका काठमाडौं अन्धकारमा रहने काठमाडौं उत्यकामा अहिले झलमल्ल छ। अपवाद बाहेक अहिले काठमाडौंमा लोडसेडिङ छैन भने देशभर लोडसेडिङ घटेको छ।

लोडसेडिङ हटेको विषय पनि अहिले मिडिया र सोसल मिडियामा चर्चामा छ। लोडसेडिङ हटेसँगै चर्चामा दुई व्यक्ति छन्( ‍उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ।

भदौ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले लोडसेडिङ हटाउन के सूत्र लगाए भन्नेबारे उर्जा मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उर्जामन्त्री जनार्दन शर्माले विस्तृत भनेका छन्।

९. लोकमान

केही समयअघि मूलधारका मिडियामात्र होइन, सोसल मिडिया पनि लोकमानमय थियो। लोकमान अर्थात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की।

संसदमा गत कात्तिक ३ गते माओवादी केन्द्रको प्रस्ताव र एमालेको समर्थनमा महाभियो प्रस्ताव दर्ता भएको थियो। तर उनको चर्चा अख्तियारमा नियुक्तिदेखि नै थियो। एकातिर सर्वोच्च अदालतमा उनको नियुक्ति बदर गर्न माग गर्दै परेको रिट त अर्कोतिर संसदमा विचाराधीन महाभियोग प्रस्ताव, लोकमान दुईवटा चेपुवामा छन्।

१०. अन्त्यमा भारु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर ८ मा कालोधन थोपर्नेमाथि सर्जिकल स्ट्राइक गरे ५०० र १००० भारु नोटको खारेजीमार्फत।

५ सय र १ हजारको नोटबन्दीले भारतीयलाई अझैसम्म बैंक र एटीएम अगाडि रातदिन नभनी उभ्याएको छ। दिल्लीमा नोटबन्दी लागेपछि त्यसले नेपाललाई छोएको छ। भारु नोट प्रतिबन्धले नेपालका व्यापारीमात्र होइन सर्वसाधारणलाई पनि छोएको छ।   माथिका विषय हामीले छानेका विषय हुन्।

यी बाहेक पनि धेरै विषय यतिबेला मिडिया र सोसल मिडियामा चर्चामा छन्रहुन सक्छन्। तपाईँ माथिको लिस्टमा के थप्न चाहनुहुन्छरु कमेन्ट लेख्‍नुस्।

थाहा खबरबाट साभार 





error: Content is protected !!