भगवती वासी विद्युतको पोल माग्न सिंहदरवार

भेरी खवर संम्वाददाता
जाजरकोट,मंङसिर, १३ । यहाँको भगवती गाविसको एक प्रतिनीधि मण्डल विद्युतको पोल,टाँन्समिटर माग्न सिंहदरवार गएको छ । आईतवार विहानै भगवती गाविसका सवै राजनैतिक दलको सहभागीतमा वुद्धीवहादुर गुरुङ्गको संयोजकत्वमा विद्युतको पोल र टाँन्समिटर माग्न प्रतिनीधि मण्डल काठमाण्डौँ लागेको प्रतिनिधी मण्डलका सदस्या तेजवहादुर विकले वताउनुभयो ।

रुकुमको गोतामकोटमा विद्युत उत्पादन भई जाजरकोटको भगवती गाविसको वडा नं ६,७,८र९मा ल्याउनका लागी आवश्यक रकम नभएको भन्दै सो व्यवस्था गरिदिन आग्रह गर्नका लागी प्रतिनिधी मण्डल काठमाण्डौ गएको हो । भेरीपारी सवैका घरमा विद्युतले गाउँ नै झिलिमिली छ , हामी भने सल्लीको दियालोको भरमा दैनिक काम चलाई रहेका छौ वयाकाँडाका डम्वर विकले वताउनुभयो । गाउँलेहरुले रकम उठाएर विद्युत पाल्नका लागी सहयोग गर्न अनुरोधका लागी प्रतिनिधी पठाएको विकको भनाई छ ।

त्यस्तै भगवती हुँदै पश्चिमी डोल्पा सम्मा जोड्नका लागी सडक निर्माणका लागी आवश्यक पहल गर्न समेत जोड प्रतिनिधी मण्डलले दिने छ ।





error: Content is protected !!