गरिवीका कारण रोग सहेर वस्छन् ग्रामीण महिलाहरु

हेमन्त के सी
जाजरकोट (लुहाग), मंङ्सिर,   १३ । सक्ला १ कि कमला खत्रीको पेट दुख्दै गर्दा स्वास्थ्य संस्थाको मुख नै नदेखेर एक वर्ष अघि मृत्यू भयो । खत्रीलाई नजिक स्वास्थ्य संस्था भएपनि आर्थिक नहुँदा उपचारका लागी एक पटक पनि देखाएन् । पेटमा तेल लगाएर सेक्ने वाहेक अरु केही पनि खत्रीले उपचार पाउँन भएको भएन् । निरन्तरको दुई वर्षको पेट दुखाई पछि पानी वाट चल्ने घट्टमा मकैको पिठो सिस्न रात्ती ३ वजे गएकी खत्रीको घट्टमा नै मृत्यू भयो ।
त्यस्तै सक्ला ६ लुहागकी धनमाया वोहराको पेट दुख्ने समस्यकै कारण ३३ वर्षकै उमेरमा मृत्यू भयो । लगातारको तीन वर्ष सम्मा पेट दुख्ने गर्दथ्यो । पेट दुखेपछि हस्पीटल लिनका लागी धनमायाको परिवारले रकम जुटाउँन सकेन । आर्थिक अभावकै कारण कार्तिक ७ गते स्याउँला गएको वेला धनमायाको जंगलमै मृत्यू भएको परिवारले एक दिन पछि मात्र थाह पाए । मृत्यू भएको एक दिन वित्यपछि धमायाको लासलाई स्यालले खाई सकेको रहेछ उहाँका श्रीमान् टेकवहादुर वोहराले आँसु झादै भन्नुभयो । पेट दुख्ने समस्य भएको तीन वर्ष भएका थिए ,स्याउँला जाँदा अमिलोको चुक खाएर गएकी थिईन वोहराले भन्नुभयो ।
अस्पताल लिनका पैसाको जोहो गर्न घरको एक रोपनी जग्गा विक्री गर्ने तयारी हुँदै उनीको मृत्यू भयो, अव छोरा,छोरी कसरी पाल्ने , म अपाङ्ग छु वोहराले थप्नुभयो । खत्री र वोहरा त प्रतिनिधी मात्र हुँन् । जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका महिलाहरु आर्थिक अभावकै ठुला हस्पीटल जाँन सक्दैन्न । गाउँ घरका स्वास्थ्य संस्थामा श्रीमान्लाई पठाएर ल्याएको औषधीले काम गदैन् । रोग नै के लागेको हो भन्ने सम्मा थाह नै नपाएर ग्रामीण क्षेत्रका महिलाहरु पिडा सहेरै अकाल्मै मृत्यू हुँने गरेको नलगाड सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंहले वताउनुभयो ।
विरामीलाई स्वास्थ्य संस्था लिनुको ठाउँमा पुरुषहरु नै मेरो श्रीमतीको यस्तो यस्तो समस्य छ भनेर स्वास्थ्यकर्मी संग कुरा लगाउछन् त्यसरी लगाएको कुराको आधारमा ल्याएको औषधीले विरामी लाई निको हुँदैन । जतिसुकै पिडा भएपनि पैसा तिरेर ठुला हस्पीटलमा जाँनका लागी ग्रामीण भेगका स्थानीयका लागी फलामको चिउरा चपाउँनु सरह नै भएको छ । सामान्य रोग देखा पर्न साथ आफै निको भईहाल्छ भनेर सुरुमा लापरवाई गर्ने पछि रोग वल्झिएपछि मोटो रकम नपाँउने समस्यले गर्दा यहाँका ग्रामीण क्षेत्रका महिलाहरु अकाल्मै मृत्यूवरण गर्न वाध्य छन् ।
सडक सञ्जालले नछोएका कारण यहाँका गाउँ,घरमा डोकोमा वोकेर विरामीहरु स्वास्थ्य संस्था ल्याउँनु पर्ने वाध्यता छ । डोकोमा वोक्नका लागी कम्तिमा तीन जना सहयोगी चाहिन्छ, अप्ठ्यारो वाटो छ सहजै उपचारका लागी विरामीलाइ स्वास्थ्य संस्था ल्याउन पनि मुस्किल भएको स्थानीय शिक्षकहरु वताउँछन् । ग्रामीण क्षेत्रमा सवै भन्दा वढी ग्यास्टिक, पाठ्यघर खस्ने , टिवी का कारण ज्यान जाँने गरेको जिल्ला स्वास्थ्य कार्यालयले वताएको छ ।
शनिववार दल्लीमा भएको एक दिने स्वास्थ्य शिविरमा ७० प्रतिशत विरामी टिवी, ग्यास्टिक,पाठ्यघर खस्ने समस्य र यौन रोगका वढी समस्य भएका विरामीहरु उपचारका लागी आएको डाक्टर विभान्त शाहले जानकारी दिनुभयो ।





error: Content is protected !!