पहिरोमा बेपत्ता आमा छोरा मध्ये छोराको सव भेटियो

हेमन्त केसी
जाजरकोट, ३१ साउन ः पहिरोमा परी बेपता भएका भेरी नगरपालिका २ फारुल्लाका आमा छोरा मध्य छोराको सव फेला परेको छ ।

पहिरोमा पुरिएको अवस्थामा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलिले सव भेटाएको स्थानीयबासी पुष्प वलीले जानकारी दिए । ५४ वर्षीया ओमसिंह खत्री र आमा रती खत्री बेपत्ता भएका थिए । शनिबार बेलुकी पहिरोमा बेपत्ता भएका आमा छोरा मध्य छोराको मात्र सव फेला परेको छ । शनिबार बेलुकी नै चिसापानीमा वेपता भएका ७० वर्षीय भीमबहादुर कार्की अझै भेटिएका छैनन । भेरी २ कै ५२ वर्षीया केदार कार्कीको उपचार लागि नेपालगन्ज लिइदै गर्दा बाटोमै मृत्यु भइसकेको छ ।

घाइतेहरुको सुर्खेैत तथा जाजरकोट अस्पतालमा उपचार जारी रहेको छ । अन्य ६ जना घाइते भएका छन् । अहिले घटना स्थलमा सुरक्षाकर्मी पुगेर खोजी कार्य चलेको जाजरकोटका डिएस्पी बुद्धीसागर पुरीले जानकारी दिए । घटना स्थलमा जानका लागि ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको कारण समस्या भइरहेको उनले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!