ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आम नागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे ।

उनले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना गर्ने, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो–कोहीलाई कानुनी कारबाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

वीरेन्द्रनगरलगायत आसपासका क्षेत्रमा विगत केही दिनदेखि भइरहेको ग्यासको अभावप्रति प्रदेश सरकारले गम्भीर चासो देखाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले उपभोक्तालाई राहत दिन निर्देशन दिए । सो अवसरमा व्यवसायीले आगामी केही दिनभित्रै वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाएर बजारमा आपूर्ति सहज गर्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा नेपाल आयल निगम सुर्खेतका प्रमुख दीपक घिमिरेले पछिल्लो १७ दिनमा मात्रै सुर्खेत र आसपासका बजारमा ३३ हजार ४४० सिलिण्डर ग्यास बिक्री वितरण भइसकेको जानकारी दिए । आयल निगम तथा सम्बद्ध व्यवसायीका अनुसार भारतबाट हुने आयात र बजारमा पठाइने ग्यासको परिमाणमा कुनै कटौती नभई आपूर्ति अवस्था सामान्य रहेको छ ।

आपूर्ति नियमित हुँदाहुँदै पनि उपभोक्ता ग्यासका निम्ति राति २स्०० बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना हुनुमा प्राविधिक तथा मनोवैज्ञानिक कारण भएको बताइएको छ । सरकारले केही समयअघि लागू गरेको आधा सिलिण्डर ९७।१ केजी० को व्यवस्थालाई खारेज गरी पुनस्पूरा सिलिण्डर ९१४।२ केजी० वितरण गर्ने निर्णयले बजारको वितरण प्रणालीमा आकस्मिक रूपमा चाप बढेको हो ।

बिक्रेताका अनुसार ग्यासको अभाव हुनसक्ने हल्ला र त्रासका कारण सर्वसाधारणले खाली रहेका सबै सिलिण्डर एकै पटक साट्ने तथा आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्तिले कृत्रिम अभावजस्तो देखिएको हो । बैठकमा प्रदेशका उच्च सुरक्षा अधिकारीहरू, नेपाल आयल निगमका प्रमुख र ग्यास बिक्रेताको सहभागिता थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!