जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

सुर्खेत  / १९ असार ः डोल्पाको मुडकेचुला–४ इलमा निर्माणधिण विद्युत उत्पादन गृह रहेको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको सुरुङमार्ग (टनल) निर्माणको काम सुरु भएको छ । जगदुल्ला गाउँपालिकामा अर्धजलाशय बाध रहने आयोजनाको मुडकेचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह निर्माण हुने छ ।

कर्णालीकै सामरिक महत्वका रुपमा हेरिएको यो आयोजना सुरुङमार्ग (टनल) निर्माणका लागि पहिलो ब्लास्टिङ कार्यको शुभारम्भ भएसँगै आशा पलाएको छ । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ सुरुङमार्ग (टनल) निर्माणका लागि पहिलो ब्लास्टिङ कार्यको शुभारम्भ गर्नुभएको थियो ।

आयोजनाको बाध तथा विद्युत उत्पादन स्थलको हेलिकोप्टरबाट अनुगमण गरिएको छ । त्यस्तै आयोजना स्थलमा रहेका बेलिब्रिज पुलहरुको उदघाटन , आवास भवनको निरीक्षण समेत गरिएको मुडकेचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । आयोजनामा गाउँपालिका , कर्णाली प्रदेश सरकारको समेत शेर लगानी रहेको छ ।

कम्पनीका अनुसार १०६ मेगावाटको मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको छ।

मुख्य निर्माण कम्पनीसँग २०८२ साउन २६ गते ठेक्का सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य तीव्र रूपमा अघि बढेको हो। परियोजनाको कुल ऋण लगानी करिब १६ अर्ब ६६ करोड रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ।

नबिल बैंक, कर्मचारी सञ्चय कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एसिया बैंकको सहलगानीमा वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ ।





error: Content is protected !!