जुनिचाँदे गाउँपालिकाले सातै दिन कार्यालय सञ्चालन गर्ने

जाजरकोट / जाजरकोटको जुनिचाँदे गाउँपालिकाले हप्ताको सातै दिन कार्यालय सञ्चालन हुने निर्णय गरेको छ ।
गाउँपालिकामा चालु आर्थिक वर्षको आयोजनाको सम्झौता गर्न धेरै बाँकी रहेकोले कामको चापलाई ध्यान दिदै चालु आर्थिक वर्ष भरी सातै दिन कार्यालय खुल्ला रहने प्रमुख प्रशासकीय अधिकृत रेमश महतराले जानकारी दिनुभयो ।
आगामी वर्षको बजेट निर्माण तथा चालु आवको काम गर्न धेरै बाँकी भएकाले यो निर्णय लिनुपरेको उहाँको भनाई रहेको छ । बैशाख २५ गते देखि लागू हुने गरेर सात दिन खुल्ला हुने निर्णय भएको हो ।
आर्थिक प्रशासन शाखा भने शनिबार सञ्चालन नहुने जानकारी गराएको छ । असिना , पानीका कारण पालिकामा भारी मात्रामा क्षती भएकाले त्यसको निराकरण गर्न समय अभाव भएकाले पालिकाले यो निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै जुनिचाँदेका सामुदायिक विद्यालयहरु शनिबार मात्र बन्द हुने निर्णय गरिएको छ ।








