भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति

सुर्खेत ः श्री ज्योति फाउन्डेसन भूकम्प प्रभावित जिल्लाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए० को सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका छात्रालाई तेस्रो पटक छात्रवृत्ति वितरण गरेको हो ।

भूकम्प लगत्तै सुर्खेतमा साङ्गीतिक कार्यक्रम गरेर जम्मा भएको रकमबाट फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको थियो । १५ जना छात्राबाट छात्रवृत्ति वितरण कार्यक्रम सुरु गरेको फाउन्डेसनले हाल कर्णालीका १० वटै जिल्लाका ३० जना छात्राहरूलाई कक्षा १० सम्म छात्रवृत्ति वितरण सुरु गरेको छ । फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा बढाउँदै लिने जानकारी दिइन् । सुरुमा १५ वटा छात्राहरूलाई छात्रवृत्ति वितरण गरेका थियौँ, तर अहिले १० वटै जिल्लाका ३० जना पुगेका छन्, उनले भनिन्, ‘यसलाई आगामी वर्षहरूमा बढाउँदै लिने योजनामा छौँ ।’ फाउन्डेसनले एक वर्षका लागि पुग्ने स्टेशनरी, झोला र स्कुल पोसाकहरू वितरण गर्ने गर्छ ।

कार्यक्रममा भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेमबहादुर पुनले भूकम्पका कारण घरबार विहीन भएका, अभिभावक गुमाएका जेहेन्दार छात्राहरूका लागि छात्रवृत्ति कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । उनले स्कुल पोसाक किन्न नसक्ने, आफ्ना छोरीहरूका लागि किताब कलम किन्न नसक्नेहरूका लागि यो कार्यक्रमले महत्त्वपूर्ण प्रभाव पारेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज विश्वकर्माले विपन्न र जेहेन्दार छात्राहरूलाई विद्यालयमा टिकाइराख्न छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताए । उनले यो कार्यक्रमलाई अझ विस्तार गर्न सुझाव दिए ।

जनज्योति आधारभूत विद्यालय रुकुम पश्चिमका शिक्षिका सुनिता देवकोटाले विपन्न परिवारका बालिकाहरूलाई शिक्षा प्रदान गर्न र विद्यालयमा नियमित आउने वातावरण बनाउन छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताइन् ।




सम्बन्धित समाचार


error: Content is protected !!