कर्णालीमा दोस्रो प्रादेशिक मह महोत्सव सुरु , किसानले उत्पादन गरेका बस्तुहरुको बजारीकरण, संरक्षणमा जोड

 हेमन्त केसी
बीरेन्द्रनगर , १ माघ ः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सुरु भएको छ । नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशले यही माघ १–३ गतेसम्म महोत्सव आयोजना गरेको हो ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस–२०८२ को अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश, कृषि विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरुको समन्वयमा महोत्सव आयोजनाको हुन् । महोत्सवमा ३० मह र २० जैविक विविधतासँग सम्बन्धित अन्नबाली, वास्तु सामग्री र खाद्य परिकारका स्टलहरु राखिएको छ ।


कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले कर्णाली मौरी र प्रजातिका हिसाबले बढी पाईने प्रदेशका साथै उत्पादित मह औषधीय गुणयुक्त छ भन्ने सन्देश महोत्सवले दिएको बताए । यहाँ घर मह मात्र होइन, भीर मह पनि पाइन्छ, उनले भने ,“ यसले कृषि तथा पर्या–पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ । महोत्सवले जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली कायम राख्न र मौरीको भूमिका रैथाने अन्नबालीको उपयोगलाई व्यापक गर्न महोत्सवले विशेष महत्व राख्नेछ ।”

निर्देशक रोकायका अनुसार रैथानीबालीको परीकार बनाउने , मौरी पालक किसानलाई प्रवद्धन गर्ने रहेको छ । त्यस्तै महोत्सवमा किसानले उत्पादन गरेको बस्तुहरु विक्री गर्नका लागि निशुल्क स्टल उपलब्ध गराएको छ । यहाँबाट किसानहरुले जतीसक्दो आर्थिक रुपमा सवल हुनका लागि सघाउ पुगोस भन्ने रहेको छ । बैथानीबालीको संरक्षण र बजारीकरण र प्रवद्र्धनमा बढी केन्द्रीत रहेको रोकायले जानकारी दिए । तीन दिन सम्मा लाग्ने महोत्सवमा किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरणका साथै नयाँ ,नयाँ अनुभव समेत साटने उपयूक्त थलो रहेको उनले बताए ।
सरकारका प्रवक्ता तथा कृषिमन्त्री विनोद कुमार शाहले कर्णालीका सबै जिल्लामा घुम्दा मौरीपालन व्यवसाय लोप हुन लागेको कुरा सुनेको बताए । मौरीको अस्थित्व रहनु भनेको मानवको जीवन रहनु भएको उनले बताए ।

मौरी पालन व्यवसायलाई दिगो बनाउनका लागि सरकारले पनि कार्यक्रमहरु गर्दै आएको बताए । स्टलहरुमा समेत मह राखिएको छ । स्टलमा राखिएको मह खरिद गर्न सकिने व्यवस्था रहेको छ । कर्णाली जैविक विविधतायूक्त प्रदेशको रुपमा रहेको छ । निर्देशक रोकायले कर्णालीका कृषिको विकासका लागि आफूहरुले धेरै काम गर्न खोजेको बताए ।

मूलतः जैविक विविधताको संरक्षण गर्दै कर्णालीका मौरीपालक किसानहरुलाई प्रोत्साहित, व्यवसाय प्रवद्र्धन, मह उत्पादनमा वृद्धि, बजारीकरण र प्रचारप्रसारलाई व्यापक बनाउने उद्देश्यले दोस्रो मह महोत्सव सञ्चालन गर्न लागिएको छ । गत आव.२०८१÷०८२ मा सम्पन्न भएको तीन दिने प्रथम प्रादेशिक मह महोत्सवमा छ क्विन्टल ४८ केजी मह बिक्री वितरण भयो । यसबाट मह किसानले करिब रु.दश लाख आम्दानी गरेका थिए ।

अन्य प्रदेश भन्दा कर्णालीको महको छुट्टै पहिचान भएको बताउँदै उनले कर्णालीमा एक सय ७१ जना मौरीपालक किसानहरु रहेको बताए । प्रदेश सरकारले कर्णालीलाई अर्गानिक प्रदेश निर्माण गर्ने अभियानबाट विषादी प्रयोगमा न्यूनीकरण भएको र यसबाट मौरी पालनमा सहयोग पुगेकोले पछिल्लो समयमा यो व्यवसायमा आकर्षण बढेको उनको भनाई थियो ।





error: Content is protected !!