राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट चार जनाको उम्मेदवारी दर्ता

सुर्खेत ,२३ पुस ः कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुई पदका लागि हुने निर्वाचनमा ४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार नेकपा एमालेको तर्फबाट महिला कलस्टरमा दैलेखकी मिनासिं रखालको उम्मेदवारी दर्ता भएको छ । अन्य क्लस्टरबाट नेपाली कांग्रेसका ललितजंग शाहीले दर्ता गराउनुभएको छ ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट महिला कलस्टरमा डोल्पाकी अन्जु बोहोरा (शाही) र अन्य कलस्टरमा रुकुम पश्चिमका बुद्धिप्रसाद शर्माका उम्मेदवारी दर्ता गराउनुभएको गुरुङले जानकारी दिनुभयो । दुई पदका लागि हुने निर्वाचनमा एमाले–कांग्रेसले गठबन्धन गरेको छ भने नेकपा एक्लै चुनावी मैदानमा होमिएको छ ।








